दमौली, २९ असोज । पृथ्वी राजमार्गको दमौली–डुमे्र सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस वडा नं ५ मा आज अपराह्न एउटा मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एक रसियाली नागरिक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा रसियाली नागरिक एलेक्स एन्डर काएटा रहेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । काठमाडौँबाट पोखरा जाँदै गरेको बा ४९ प १३९ नंको मोटरसाइकल पल्टिँदा उनी घाइते भएका हुन् ।
घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जानकारी उहाँले दिनुभयो ।
एक महिने नेपाल भ्रमणमा आएका बेला उनी दुर्घटनामा परेका हुन् । तीव्रगतिमा गुडेका कारण सो मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।
No comments:
Post a Comment