watch first and then search

watch first and then search

Saturday, October 15, 2016

डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउ खेती सुरु



डडेल्धुरा, २९ असोज । डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु गरिएको छ ।



तुफानडाँडामा आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरी दैनिक १०० किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ व्यावसायी तिलक हमालले बताउनुभयो ।

बजारको बढ्दो मागलाई ध्यानमा राखेर करिब रु सात लाखको लगानीमा पहिलो पटक व्यावसायिक च्याउखेती सुरु गरिएको व्यवसायी हमालले बताउनुभयो ।

डडेल्धुरासहित छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ तीन जनाको सयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसाय सुरु गरिएको अर्का व्यवसायी केशव महताले बताउनुभयो ।

कम लागानी र थोरै परिश्रममा राम्रो आमदानी लिन सकिने भएकाले च्याउखेती तर्फ आर्किर्षित भएको उनको कथन छ । च्याउखेतीका लागि सात जनाले रोजगारी प्राप्त गरेको बताउँदै उहाँले वार्षिक करिब रु ४० लाखदेखि ४५ लाखसम्मको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यसवाट वार्षिक रु १० लाखदेखि रु १५ लाख सम्मको नाफा हुने अनुमान उनको छ ।

काठमाडाँैबाट च्याउको बीउ आयात गरी उत्पादन सुरु गरेको बताइएको छ । २२ दिनमा उत्पादन हुने च्याउ सस्तो मूल्यमा बजारमा ल्याउने व्यवसायी हमालले बताउनुभयो ।

बाह्य जिल्ला अथवा विदेशबाट प्याकिङ्ग भएर आउने च्याउको मूल्य यहाँ प्रति किलो रु ३०० भन्दा बढीपर्ने गरेको छ । जिल्लामा उत्पादित च्याउ अहिलेको बजार मूल्य भन्दा झन्डै पचास प्रतिशत कम मूल्यमा बिक्री गरिने व्यावसायी हमालले बताउनुभयो

No comments:

Post a Comment

watch first and then search