दक्षिणी इलामको दानाबारीबाट महमाईतर्फ जादै गरेको डुंगा शुक्रबार अपराह्न माइखोलामा डुब्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ति मध्ये ७ जनाको सनाखत भएको छ ।
डुङ्गा डुब्दा मृत्यू हुनेमा मोरङ मधुमल्ला २ की ६ बर्षीया अञ्जली खड्का उनकी दिदी पुष्पा खड्का, झापा शनिअर्जुनका २८ वर्षीय कृष्ण कुमार घतानी, इलाम महमाई १ का ७५ वर्षीय जसबहादुर रार्ई रहेका छन् । त्यस्तै महमाई १ का डम्बर रानामगर, हर्क बहादुर रानामगर र महमाई २ की बिष्णुमाया धमलाको पनि डुबेर मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
नदीमा डुबेका ५ जनाको शव शुक्रबारै घटनास्थलको १ सय मिटर आसपास र अन्यको शव शनिबार झापाको बिभिन्न स्थनमा भेटीएको हो । शनिबार दिउसो झापाको शिवसत्ताक्षीस्थित लालपानीमा भेटीएको एक पुरुषको शवको भने सनाखत हुन सकेको छैन । लगभग पचास जना यात्रु सवार उक्त डुङ्गा शुक्रबार माइखोलास्थित त्रिताल घाटमा डुब्दा ३४ जनाको तत्कालै उद्धार गरिएपनि अन्य केही ब्यक्ति हराइरहेकोले खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालय बेपत्ताहरुको खोजीका लागि कालिध्वज गण इलाम, शसस्त्र प्रहरी बेशक्याम्प दानाबारी, इलाका प्रहरी कार्यालय दानाबारीले इलामको भूभाग र झापाका सुरक्षा निकाय झापातर्फ परिचालन गरिएको जनाइएको छ ।
No comments:
Post a Comment