watch first and then search

watch first and then search

Saturday, October 15, 2016

थाइ राजकुमारद्वारा राज्यारोहणको साईत निकाल्न आज्ञा



बैंकक, २९ असोज । थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको निधन भै सकेको र युवराज महा वजिरालोङ्गकोर्नले बिधिपूर्वक राज्यारोहण गरिनसकेको अन्तरिमकालका लागि थाइल्याण्डको शाही परामर्श परिषद्का प्रमुखले शाही प्रतिनिधिका रुपमा जिम्मेबारी सम्हाल्नुहुने भएको उपप्रधानमन्त्री विस्सानु क्रिङ्गमले शुक्रबार राति बताउनु भएको छ ।



थाइल्याण्डको शाही परामर्श परिषद् “प्रिभि काउन्सिल” को नामबाट पनि परिचित छ । हाल प्रिभि काउन्सिलका अध्यक्ष पदमा ९६ वर्षीय प्रेम तिन्सुलानन्द हुनुहुन्छ ।

थाइल्याण्डको संविधानमा उल्लेख भएको प्रावधान अनुसार नयाँ राजाको बिधिपूर्वक राज्यारोहण नभई राजगद्दी रिक्त रहेको अवस्थामा अन्तरिमकालका लागि प्रिभि काउन्सिलका अध्यक्षले राजप्रतिनिधिको रुपमा कार्यबाहकको भूमिका निर्बाह गर्नुपर्छ ।

उपप्रधानमन्त्री क्रिङ्गमले काउन्सिल अध्यक्ष प्रेम तिन्सुलानन्दको नाम नकिट्नु भए पनि सम्भवत तिन्सुलानन्दले नै अल्प अवधिका लागि राजकाजको अन्तरिम जिम्मेवारी सम्हाल्नु हुने थाइ सरकारको आधिकारीक वेभसाईटले जनाएको छ ।

उपप्रधानमन्त्री क्रिङ्गमले युवराजको राज्यारोहणको साइत वा तिथि मिति अहिले सम्म निश्चित भै नसकेको तर धेरै दिनसम्म राजगद्दी रिक्त राख्न नहुनेमा जोड दिनुभयो ।

विश्वमा सबैभन्दा लामो समयसम्म राज्य गर्ने राजाका रुपमा परिचित थाइ नरेश भूमिबोलको ८८ वर्षको उमेरमा गतः बिहीबार निधन भएको थियो ।

No comments:

Post a Comment

watch first and then search