चाडपर्वले सेलाएको राजनीति एमालेको दशैँ तिहार छठ पर्वको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रमले माहोल केहि गरम बनाइदियो । दशैँ भरि हराएका विभिन्न दलका नेताहरु शनिवार महाराजगंजको शंखपार्कमा भेला भएका थिए, जुन दृश्यले सेलाएको राजनीतिलाई तातो बनाउन सफल भयो । एमालेसँग असन्तुष्ट रहेका दल देखि कटाक्ष गर्ने दलहरु समेत उपस्थित कार्यक्रमको दृश्यले दलहरु बीच कुनै मतभेद र द्वन्द नभए जस्तो देखियो ।
राजनीतिमाथि चाडपर्व सधैँ हावी हुने गरेको छ । जव चाडपर्व आउँछ तब सबै दलहरु पनि एकजुट हुन्छन् , चियापानको आयोजना गर्छन् र जनतालाई यो भान पार्छन् कि केहि भएकै छैन भन्ने । शनिवार नेकपा एमालेले आयोजना गरेको दशैँ, तिहार,र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि त्यस्तै नै देखिन्थ्यो ।
अरु बेला मधेश केन्दि«त दललाई हेपेको आरोप लगाउने नेताहरु एमालेको कार्यक्रममा चियाको चुस्की लिन पछि परेनन् भने एमालेले पनि आफनो प्रतिपक्ष भएको कार्यक्रम स्थलमा देखाउन सकेन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष सँगै बसिरहेको दृश्यले पनि यहि चरितार्थ गथ्र्यो कि सबै दलहरुबीचको सम्बन्ध ठीक छ भन्ने । तर, प्रत्येक विषयवस्तुमा भने एक अर्काको कटाक्ष नगरी बस्न नसक्ने यिनै दलहरु नै हुन् । चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले तेर्साएको प्रश्नमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलहरु एक विन्दुमा पुगेको र समृद्ध मुलुक निर्माणको लागि संविधान संशोधन गरेर अघि बढ्न सबै सहमत रहेको बताउनुभयो ।
यता पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संविधान गतिशील दस्तावेज भएको र यो कार्यान्वयनको तहमा अघि बढाउने र जहाँ गएर समस्या देखिन्छ समाधान गर्ने बताउनुभयो । उहाँले कार्यान्वयनमा नै अघि नबढि समस्या भएको थाहापाउन नसकिने भन्दै संविधान संशोधन हुन नसक्ने घुमाउरो प्रतिक्रिया व्यक्त गर्नुभयो ।
अहिलेको राजनीतिको मुल मुद्धा भनेको संविधान कार्यान्वयन र तोकिएको मितिमा तीन तहको निर्वाचन नै हो तर यि दुई ठूला दलका नेताहरुको अभिव्यक्तिले समस्या नसल्टिएको सजिलो आंकलन गर्न सकिन्छ । चियापानमा मिलेर हाँसेर बसेझैँ समस्याहरुलाई पनि समाधान गर्नमा तदारुक्ता देखाएमा मात्र मुलुक अघि बढ्न सक्छ भन्ने विषयलाई सबै दलहरुल ख्याल राख्ने जरुरी छ ।
No comments:
Post a Comment