भक्तपुर, २९ असोज । शिक्षा मन्त्री धनीराम पौडेलले अबको शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।
शिल्पकार समाज नेपालले आज भक्तपुरमा आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले प्राविधिक शिक्षालाई मुख्य विषय बनाएर लैजान शिक्षा मन्त्रालय लागेको बताउनुभयो ।
प्राविधिक शिक्षा र सीपलाई सँगै लैजान सकेमात्र विश्व बजारमा नेपालको शिक्षाले स्थान पाउने उहाँको भनाइ थियो ।
भूकम्पका कारण भत्किएका विद्यालयको पुनःनिर्माणका क्रममा इतिहास एवम् सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणमा शिल्पकारहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा शिल्पकारहरुबाट एसएलसी उत्तीर्ण हुने ४७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा कार्यक्रम संयोजक रत्नप्रसाद शिल्पकार, कार्यक्रमका सभापति पुरुषोत्तम शिल्पकार, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका जिल्ला संयोजक देवेन्द्र श्रेष्ठलगायतले शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।
No comments:
Post a Comment