बुटवल ९खस्यौली०, २८ असोज । आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आपूर्ति मन्त्री दीपक बोहोरा
रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ आँैं साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म गाउँपालिका÷नगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले यसप्रति सरकार प्रतिवद्ध छ ।
मन्त्री बोहोराले निर्धारित मितिमा निर्वाचन गराउन सकिएन र संविधान कार्यान्वयन हुनसकेन भने मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उहाँले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको भन्नुभयो ।
सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा उहाँले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष डोलराज बस्यालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा २० का वार्ड सचिव मानबहादुर खाती, छिमेकी सहकारीका मीनादेवी पाण्डे, बाबुराम भट्टराई, सेयर सदस्य भोजनाथ पाण्डे, उक्त सहकारीका उपाध्यक्ष कृष्णप्रसाद घिमिरे र सचिव अर्जुन बस्याललगायतले दुःख गरेर बचत गरेको रकमबाट सरकारले २० प्रतिशत कर लिने काम गरिब तथा विपन्न वर्गका लागि अन्याए भएकाले यो व्यवस्था हटाउनुपर्ने माग सरकारसंग गर्नुभयो ।
सो अवसरमा मन्त्री बोहोराले सहकारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा असल कारोबार गर्ने चारजना सेयर सदस्यलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment