watch first and then search

watch first and then search

Wednesday, May 30, 2018

सन्दीप लामिछाने खेल्ने विश्व–११ को कप्तानी अफ्रिदीले गर्ने, लर्डसमा भोली हुँदैछ खेल

काठमाडौं, १६ जेठ । नेपालका सन्दीप लामिछानेसहित रहेको विश्व–११ को कप्तानी पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले गर्ने भएका छन् । बिहीबार राति इङ्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध हुन लागेको टीट्वेन्टी च्यारिटी खेलमा विश्व–११ को कप्तानी यसअघि इङ्ल्यान्डका इयान मोर्गनले गर्ने भनिए पनि उनी घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको हो । आसीसीले दिएको खबर अनुसार उनको सट्टा विश्व–११ टोलीमा इङ्ल्याण्डकै विकेटकिपर व्याट्सम्यान साम बिलिङ्सलाई समावेश गरिएको छ । गत साल आएको आँधीबाट क्याराबिन राष्ट्रहरुका भत्किएका क्रिकेट स्टेडियम निर्माणमा सहयोग जुटाउन आईसीसीले वेस्ट इन्डिज र विश्व–११ बीच लर्डस्मा खेल खेलाउन लागेको हो । साहिद अफ्रिदीको कप्तानीमा खेल्ने टोलीमा, साम बिलिङ्स, तमिम इकबाल, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लिघन, सोयव मल्लिक, हार्दिक पाण्डेय, थिसारा परेरा, लुक रोची, मोहमद सामी र सन्दीप लामिछाने छन् । कार्लोस ब्रेथवेटको कप्तानीमा मैदान उत्रने वेस्ट इन्डिज टोलीमा सामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन सामुयल्स र आन्द्रे रसेल, एस्ले नर्स, आन्द्रे फ्लेचर, किमो पाउल, रोभमन पावेल, दिनेश रामदिन र केस्किर विलियम्स छन् । वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलमा सहभागी हुन युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार नै लन्डन प्रस्थान गरेका छन् । बिहीबार राति लर्डस्मा हुने एकमात्र टीट्वेन्टी खेलमा सन्दीपले विश्व–११ बाट प्रतिस्पर्धा गर्नेछन् । मंगलबार इङ्ल्यान्ड जानुअघि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व–११ बाट खेल्न पाउनुलाई एउटा अवसरका रूपमा लिएको बताए । ‘लर्डस् हामीजस्ता खेलाडीका लागि ठूलो प्लेटफर्म हो’, त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु ।’ १७ वर्षीय सन्दीप विश्व–११ टोलीका कान्छा खेलाडी हुन् ।

No comments:

Post a Comment

watch first and then search