
watch first and then search
watch first and then search
Wednesday, May 30, 2018
फुटबलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिड छोड्दै !
लिभरपुलमाथि ३–१ को जित हात पारेपछि रियालका अन्य खेलाडी क्लबको १३ अाैं च्याम्पियन्स लिग उपाधिको खुसी मनाइरहँदा रोनाल्डोले भने केही दिनमै आगामी गन्तव्यका बारेमा निर्णय लिने भन्दै सान्टियानो बर्नाबेउ बसाइमा दुबिधा जनाएका थिए।
‘रियाल बसाइ सुखद बन्यो,’ रोनाल्डोले क्लबबाट बिदाइको संकेत गर्दै भने, ‘म आगामी केही दिनमै क्लब बसाइका बारेमा निर्णय सार्वजनिक गर्नेछु।’
विगत केही महिनादेखि रोनाल्डो र उनका एजेन्ट रियालसँगको नयाँ सम्झौतामा सन्तुष्ट छैनन् । त्यस्तै रोनाल्डो र क्लब अध्यक्ष फियोरेन्टिनो परेजको सम्बन्ध पनि केही समययता सन्तोषजनक छैन।
रोनाल्डोले क्लब छोड्ने संकेत गरिरहँदा परेजले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘हामी अहिले च्याम्पियन्स लिगको कीर्तिमानी लगातार तेस्रो उपाधिको खुसीयाली मनाइरहेका छौं । त्यसैले यो कुनै खेलाडीको आगामी भविष्यका बारेमा निर्णय दिने समय होइन,’ परेजले भने, ‘सबै खेलाडी आफ्नो भविष्यका बारेमा निर्णय गर्न स्वतन्त्र छन्।
हामीसँग यस विषयमा निर्णय लिने समय बाँकी छ । क्रिस्टियानो रोनाल्डो पनि अहिले उपाधि जितको खुसी मनाइरहेका छन् । उनी रियालमै खुसी छन् र आगामी दिनमा पनि यहीँ बस्नेमा म विश्वस्त छु।’
त्यस्तै रियालका प्रशिक्षक जिदनेदिन जिदानले पनि रोनाल्डोले क्लब छोड्ने संकेतबारे प्रतिक्रिया दिन अस्वीकार गरे । ‘म अहिले क्लबले पाएको सफलतामा रमाइरहेको छु र आगामी दिनमा योभन्दा राम्रो नतिजा कसरी ल्याउने भन्नेमा केन्द्रित छु,’ जिदानले भने, ‘रोनाल्डो क्लबमा बस्नेमा म आशावादी छु।’

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment