संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि रुपन्देही बन्दको आह्वान गरिएको छ । बन्दको स्थानीय र व्यापारीहरुले समेत समर्थन गरेका छन् । बन्दको प्रभाव प्रमुख शहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमासमेत परेको छ ।
बिहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन भईरहेको छ ।

बन्दका कारण जिल्लामा यातायातका साधन संचालन हुन सकेको छैन भने व्यापारीहरले बजार ठप्प गराएका छन् । अखण्ड ५ नम्बर प्रदेश दबाब समूह र बिभिन्न संघ संस्थाको अगुवाईमा जिल्ला बन्द आह्वान गरिएको हो । बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ । लुम्बिनी अञ्चलका पहाडी तीनवटा जिल्ला लगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । संशोधन प्रस्ताव खारेजको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्रीको राजिनामा मागेका छन् ।

यसअघि, पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा हिजो बुटवलमा विशाल जनप्रदर्शन भएको थियो । प्रदर्शन तथा सभामा सत्तारुढ दलकै केन्द्रीय नेताहरुले समेत संशोधन प्रस्ताव सरकारको नभएको र विदेशी इशारामा आएको आरोप लगाएका थिए ।
No comments:
Post a Comment