युवराज कँडेल, बागलुङको ढोरपाटन स्थित जनज्योति विकास निम्न माध्यमिक विद्यालयका विद्यार्थी पूर्वाधारको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा कोठामा बस्ने फर्निचरको व्यवस्था नहसँदा चिसो भँुइमा बसेर पठन पाठन गरिरहेका छन् ।

२०१७ सालमा स्थापना भएको उतm विद्यालय ४ बर्ष अघिमात्रै निमावि तहमा स्तरवृद्धि भएपनि पूर्वाधारको अभाव देखिएको हो । बिद्यालयमा जिल्ला शिक्षा कार्यलय मार्फत १३ लाखको लागतमा २ कोठे भवन निमार्ण भएपनि कार्यालय र कम्युटर प्रयोगशाला व्यवस्थापन गर्नुपर्ने भएपछि विद्यार्थीहरुलाई जीर्ण भवनामा नै पढाउनु परेको विद्यालयका प्रधान अध्यापक चक्र बहादुर अदैयीले बताउनुभयो । अहिले कक्षा १ र २ का विद्यार्थी भँुइमा कार्पेटको भरमा अध्यन गरीरहेका छन् ।

हिँंउदको समयमा चिसो हावा चल्ने ढोरपाटनमा बिद्यालयका झ्याल ढोका समेत नहँदा पढ्न समस्या भएको कक्षा ६ कि छात्रा भेषमाया विकको गुनासो रहको छ । बिद्यालयको जीर्ण भवन, पर्याप्त फर्निचरको अभावको कारण गुणस्तरीय पठन पाठनमा समस्या भएको विद्यालयका शिक्षक श्यामकुमार विश्वकर्माले बताउनुभयो ।

४ सय ५३ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ११ जना शिक्षक रहेको विद्यालयमा ३ जना शिक्षकको मात्रै प्रावि तहको दरबन्दी रहेको छ । ४ जनालाई विदेशी संस्थाको ‘एलआर डि डोनाल्जी’ फ्रान्सेली परियोजनाबाट सेवा सुविधा लिदैँ आएका छन् भने अन्य ५ जनालाई स्थानीय अभिवावकहरुबाटै चन्दा संकलन गरेर तलब भत्ता दिदै आएको छ । विद्यालयमा कम्प्युटर बिषयको पठनपाठन हुने भएपनि पर्याप्त कम्युटर नहुँदा प्रयोगात्मक सिकाइ प्रवाभित भएको विद्यालयले जनाएको छ । बागलुङको सबै भन्दा दुर्गम गाँउमा रहेको उतm बिद्यालयले सबै क्षेत्रबाट समस्या झेलिरहँदा समेत जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवाला निकायहरुले चासो नदिएको स्थानीयबासीको गुनासो छ ।

No comments:
Post a Comment