नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा चौथो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो स्थान प्राप्त गरेका हुन् ।


विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएका थिए । विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो । पछि कार्यक्रम उद्घोषकले दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम सूची तयार गरिएको थियो । फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए । पदकबाट थोरै चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके । थाइल्यान्डका दुई खेलाडि वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए ।
No comments:
Post a Comment