watch first and then search

watch first and then search

Saturday, December 3, 2016

डा.केसीकाे पक्षमा धरानमा र्याली : माग पुरा गरिदिन सरकार समक्ष माग



धरान, १८ मंसिर । चिकित्सा शिक्षामा भएको विकृतिको, विसगति तथा भ्रष्टाचारका विरुद्धमा अनसन बस्दै आउनु भएका प्रा.डा. गोविन्द केसीको माग पूरा हुनेमा अझै विश्वास नभएको विद्यार्थीहरुले आशंका गरेका छन् । विगतमा समेत भएका वार्ता र सहमति विरुद्ध सरकार अघि बढेको भन्दै यसपटक त्यस्तो नहोस् भन्दै आज धरानमा दबाब स्वरुप ¥यालीको आयोजना गरिएको छ ।

वरिष्ठताका आधारमा डिन बनाउनुपर्ने लगायत शैक्षिक विकृतिको विषयमा विगत २१ दिनदेखि अनसनरत प्रा.डा गोविन्द केसीको माग पूरा गराउन आज धरानमा दबाब स्वरुप ¥यालीको आयोजना गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानका विद्यार्थीहरुले निकालेका सो ¥यालीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताबाट शुरु भई भानुचौक, छाताचौक हुदै पुनः भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने विद्यार्थीहरुले सरकारले केसीको उठाएका जायज माग पूरा गर्ने आश्वासन दिने अनि वार्ता गर्ने क्रम जारी रहेको भन्दै यस्तो नदोहो¥याउन सरकारसंग माग गर्दै अब भ्रष्टचारीको दिन सकिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एवविविएस पाचौ बर्षमा अध्यनरत विद्यार्थी नविन भट्टले बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search