watch first and then search

watch first and then search

Saturday, December 3, 2016

बस र यात्रुलाई यस्तो छ नयाँ नियम, उल्लंघन गरे पैसा तिर्नुपर्ने

काठमाडौं, १८ मंसिर । बस, माइक्रो बस वा टेम्पोमा यात्रा गरिरहेको बेला झ्यालबाट पानीको बोतल, खानेकुराका अवशेष वा प्लास्टिक फाल्ने गर्नुभएको छ भने अब आफ्नो बानी सुधार्नुहोला । किनकि, सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुहरूले झ्यालबाट फोहोर फालेको पाइएमा सरकारले फोहोरमैला व्यवस्थापन ऐनबमोजिम जरिवानासहित कारबाही गर्ने तयारी गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्नेहरूले जुनसुकै बेला जथाभावी रूपमा फोहोर फाल्नाले सहर तथा सडक झन् फोहोर बनेको भन्दै सरकारले आगामी १ पुसदेखि नै झ्यालबाट फोहोर फाल्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरूले उत्पादन गरेको फोहोर व्यवस्थापनसम्बन्धी शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ११ बुँदे सहमति भएको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले हस्ताक्षर गरेको सहमति पत्रमा आगामी १ पुसदेखि काठमाडौं उपत्यकासहित देशभर चल्ने प्रत्येक सार्वजनिक सवारीसाधनमा महासंघले फोहोर फाल्ने डस्टविन वा झोलाको व्यवस्थापन गर्ने डस्टविन राखिएको सूचना दिने र सूचना पाएपछि पनि कसैले झ्यालबाट फोहोर फालेको पाइए सरकारले कारबाही गर्ने उल्लेख छ ।
हाल देशभर करिब ३ लाख भाडाको साधन रहेको बताइएको छ । सहमति पत्रमा प्रत्येक भाडाको सवारीमा डस्टविन राखिने र झ्यालबाट फोहोर नफाल्न यात्रुहरूलाई बारम्बार सूचना दिइने उल्लेख छ । ‘लामो दुरीमा चल्ने सार्वजनिक सवारीसाधनले भने पहिलो पटक सूचना जारी गरेपछि प्रत्येक ३ घण्टामा त्यस्तै जानकारी गराउने, रात्रिकालीन सेवाका बसले भने राति ८ बजेपछि खाना खाने समयमा बाहेक थप सूचना जारी गर्न आवश्यक नहुने,’ सहमति पत्रमा उल्लेख छ, ‘यो अभियानमा अटेर गर्नेहरूलाई सम्झाउने र नमानेमा फोहोरमैला व्यवस्थापन ऐन ०६८ बमोजिम सवारीचालक र यात्रुलाई कारबाही गर्ने ।’ फोहोरमैला व्यवस्थापन ऐनमा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
तर, सुरुवातमा सिधै कारबाही गर्नुभन्दा अगाडि एक महिनासम्म अर्थात् आगामी पुस महिनाभरि देशभर चल्ने प्रत्येक सार्वजनिक सवारीमा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रचार तथा जनचेतना जगाउने र त्यसपछि अटेर गरेमा कारबाही गरिने मन्त्रालयका सचिव अधिकारीले बताए ।

No comments:

Post a Comment

watch first and then search