watch first and then search

watch first and then search

Saturday, December 3, 2016

निमोनिया कसरी हुन्छ र जोगाउने कसरी ?



निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो, जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेरसम्मका बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ । त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गराउँदछन् । एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउँदछन् ।

विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८५ बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनियाँ गराउँछ।

निमोनिया रोगका लक्षणहरु

सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने वा सास फेर्न गाहो हुनु। ज्वरो (१०२ भन्दामाथि) कडा निमोनिया भएमा वच्चा खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ।छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

निमोनियाको उपचार कसरी गर्ने ?

केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ। बच्चाले छिटो छिटो श्वास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा अस्पताल जान जरुरी छ ।

डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

No comments:

Post a Comment

watch first and then search