watch first and then search
watch first and then search
Saturday, December 3, 2016
विमान दुर्घटनामा बाच्न सफल निटोले फेरि फुटबल खेल्ने सम्भावना
मंसिर १८ – कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो ।
खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु यात्रु गरी ७७ जना रहेको विमान कोलम्बियाको मेडल्लिन शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनमा ६ जना बाँच्न सफल भएका छन् । त्यसमध्ये चापेकोएन्सेका डिफेन्डर ३१ वर्षका हिलियो हर्मिटो जाम्पिएर निटो उपचारपछि फेरि खेलमा फर्किन सक्ने उनका बुवाले बताएका छन् ।
निटोको फोक्सो, घुँडा, नाडी र टाउकोको शल्यक्रिया भएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । बोलिभियाबाट उडेको विमान साथथ अमेरिकी क्लब कपको फाइनल खेल्न चापेकोएन्सेका खेलाडी कोलम्बिया जाँदै थिए । दुर्घटनामा टिमका १९ खेलाडीको ज्यान गयो ।
इन्धन सकिएकाले विमान दुर्घटना भएको लिक भएको अडियो रेकर्डिङबाट खुलेको छ । कोलम्बियाका अधिकारीले पनि इन्धन सकिएका कारण विमान दुर्घटना भएको प्रमाण बलियो हुँदै गएको बताएका छन् ।
दुर्घटनामा निटोसहित अरु दुई खेलाडी पनि बाँच्न सफल भएका छन् । २४ वर्षका गोलरक्षक ज्याक्सन राग्नर फोल्लमानको बायाँ खुट्टा काटिएको छ भने डिफेन्डर एलन रुसेलको स्पाइनल शल्यक्रिया भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment