watch first and then search
watch first and then search
Saturday, December 3, 2016
विमान दुर्घटनामा बाच्न सफल निटोले फेरि फुटबल खेल्ने सम्भावना
मंसिर १८ – कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो ।खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु यात्रु गरी ७७ जना रहेको विमान कोलम्बियाको मेडल्लिन शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनमा ६ जना बाँच्न सफल भएका छन् । त्यसमध्ये चापेकोएन्सेका डिफेन्डर ३१ वर्षका हिलियो हर्मिटो जाम्पिएर निटो उपचारपछि फेरि खेलमा फर्किन सक्ने उनका बुवाले बताएका छन् । निटोको फोक्सो, घुँडा, नाडी र टाउकोको शल्यक्रिया भएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । बोलिभियाबाट उडेको विमान साथथ अमेरिकी क्लब कपको फाइनल खेल्न चापेकोएन्सेका खेलाडी कोलम्बिया जाँदै थिए । दुर्घटनामा टिमका १९ खेलाडीको ज्यान गयो । इन्धन सकिएकाले विमान दुर्घटना भएको लिक भएको अडियो रेकर्डिङबाट खुलेको छ । कोलम्बियाका अधिकारीले पनि इन्धन सकिएका कारण विमान दुर्घटना भएको प्रमाण बलियो हुँदै गएको बताएका छन् । दुर्घटनामा निटोसहित अरु दुई खेलाडी पनि बाँच्न सफल भएका छन् । २४ वर्षका गोलरक्षक ज्याक्सन राग्नर फोल्लमानको बायाँ खुट्टा काटिएको छ भने डिफेन्डर एलन रुसेलको स्पाइनल शल्यक्रिया भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment