watch first and then search

watch first and then search

Thursday, October 27, 2016

अब स्वास्थ्यचौकीमै मिर्गाैला परीक्षण



काठमाडौँ, ११ कात्तिक । सरकारले अब गाउँका स्वास्थ्यचौकीमा नै मिर्गाैलामा खराबी भए÷नभएको पत्ता लगाउन सकिने व्यवस्था गर्ने तयारी गरेको छ । मिर्गाैला खराब भए÷नभएको पत्ता लगाउन प्रयोग गरिने ‘डिपिस्टिक किट’ ( मिर्गौला मापक सामग्री) देशभरका सबै स्वास्थ्यचौकीमै उपलब्ध गराइएपछि सो सेवा उपलब्ध हुने भएको हो । स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्थापन विभागले मनाङ बाहेक ७४ जिल्लाका सबै स्वास्थ्यचौकीमा पहिलो चरणमा २० लाख सामग्री पठाइसकेकोे छ ।

महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले मनाङमा बाटाको समस्याका कारण सामग्री पठाउन नसकिएको बताउँदै एक सातामै त्यहाँ पठाइने जानकारी दिनुभयो । क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत गरी १३३ स्वास्थ्य संस्थामा पुग्ने गरी सामग्री वितरण गरिएको महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेका सामग्रीलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा पठाउने बताइएको छ ।

निर्देशक तिनकरीले २० मिलिलिटर पिसाबले मिर्गाैला मापक साधन भिजाएपछि देखिने रङका आधारमा मिर्गाैलाका अवस्थाका बारेमा थाहा पाउन सकिने बताउनुभयो । परीक्षणमा पहिलो पल्ट कुनै खराबी नदेखिएमा एक वर्षपछि पुनःअर्को परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्रालयले यसै वर्ष विद्यालयमा स्वास्थ्यकर्मीसहित सामग्री पठाएर विद्यार्थीको मिर्गौला परीक्षण गर्ने तयारी समेत गरेको छ । मन्त्रालयले सबै ठाउँमा पायक पर्ने स्वास्थ्य संस्थामा गई आफ्नो मिर्गाैला जाँच गरी सेवा लिन सबैमा आग्रह गरेको छ ।

No comments:

Post a Comment

watch first and then search