watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

भारतले भ्रम छरेर के भयो ? अब लुम्बिनीको वास्तविकता यस्तो बन्दैछ !






lumbini-pilgrimage-toursरोहित के. सी./ मनोज श्रीवास्तव, यो बुद्ध जन्म स्थल ,यो पूण्य भूमी लुम्बिनी । विश्व जगतमा शान्तिको सन्देश फैलाइरहेको शान्तिको केन्द्र । मूल स्रोत । जब अहिंसाको कुरा आउँछ तब भगवान गौतम बुद्धको याद गरिन्छ र यस क्षेत्रको महिमाको चर्चा हुन्छ । यसको ऐतिहासिक पृष्ठभूमीको ब्याख्या भइरहन्छ । बौद्ध धर्मालम्बीको प्रमुख तिर्थ स्थल मात्र होइन हरेक शान्तिप्रेमीले पुग्नै पर्ने यस क्षेत्रको महत्व अहिले झन् झन् बढिरहेको छ । यस्ता क्षेत्रमा इतिहासको साक्षी भएर बसेको थुप्रै प्रमाण हरु छन् । आधारहरु छन् । जसले यस क्षेत्रको सभ्यता विकासको अबस्थालाई झल्काउँछ ।

आजका दिनमा विश्व बौद्धमार्गीले यस्ता क्षेत्रमा जीवनमा एक पटक पुग्नै पर्ने अनिवार्यता जस्तै बनाएका छन् । कम्तिमा यहाँको दर्शनले मात्र पनि शान्तिको सन्देश फैलाउन थप मद्धत गर्नेमा उनीहरु आशावादी भएको देखिन्छ । यससँगै उनीहरुको सन्देश अर्को पनि छ कि यस्ता क्षेत्रको संरक्षण र प्रर्बद्धनमा समेत टेवा पुग्ने छ । त्यसै कारण यहाँ वर्षेनी लाखौको संख्यामा बौद्ध मार्गी मात्र होइन अन्यहरु पनि आइरहेका हुन्छन् । उनीहरुको भ्रमणले यस क्षेत्रको प्रचार प्रसारमा समेत ठूलो योगदान पुगिरहेको छ भने आस्थाको आधार अझ बलियो बनेर गएको छ ।
यहाँ आउने धेरैको चासो र चिन्ता उहि हो कि यस्ता क्षेत्रको व्यबस्थापन र संरक्षणमा राज्य गम्भिर बन्नुपर्छ । उसका नीति र योजनको प्राथमिकतामा यस्ता क्षेत्र पर्नुपर्दछ । हुन त राज्यले यसको नाममा गुरुयोजना समेत तयार पारेको छ । यसमा अन्य विभिन्न देशले पनि आर्थिक सहायता उपलब्ध गराएका छन् भने विभिन्न अन्तराष्टिृय गैरसरकारी निकायको पनि सहयोग देखिन्छ । र निरन्तर पनि छ ।
चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणका काम करिव सकिएका छन् । यहा उद्यानलाई परिक्रमा गरेको पोखरी सफागर्ने काम मात्र बाँकी छ । पोखरीको वरिपरि रहेको भिरालो जमिनमादुवो, फूलतथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ । आगामीवर्षभित्र यो काम सम्पन्न भएपछि पर्यटकहरुले परिक्रमापोखरी वरिपरि बसेर आनन्द लिनेछन् । पोखरीको डिलमा बनेको परिक्रमापथमा ईंटा छाप्ने कामपनि पुरा भएको छ ।


पवित्रउद्यान क्षेत्र भित्रकरिव ७० लाखको लागतमा पुरातात्विककार्यालय भवननिर्माण गरिएको छ । शान्तिदीप र परिक्रमापोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउँमाआकर्षक मिनिपर्यटक सूचना केन्द्र तयार भएको छ । यसलाई सिम्वोलिक पेभिलियनवा विश्राम घर समेत भनिएको छ । पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रहरुको ब्यवस्था यो पेभिलियनमा गरिएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रभित्रमात्रै यस्ता पेभिलियन ८ वटा बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि साढे ३ करोड लाग्ने अनुमान छ ।
पूर्वी विहार क्षेत्रमा १३ वटा मूलुकहरुले आकर्षक विहारहरुको निर्माण पुरा गरेका छन् । पश्चिमीविहार क्षेत्रमाविहार निर्माणका कामजारी छन् । २९मध्ये २६ वटा मुलुकहरुले विहार निर्माण गरिरहेका छन् । विहार क्षेत्रमा केन्द्रिय नहरको दाया बाया अत्याधुनिक सुविधा सम्पन्न चार वटा शौचालय बन्दैछन् । एउटा शौचाल यनिर्माणमा ५० लाख लगानी गरिनेछ ।
न्यू लुम्बिनी भिलेज क्षेत्रमाभने निर्माणका ठूला कामबाकी छन् । गतआर्थिक वर्षदेखि यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । म्यूजियमको शैलीमा लुम्बिनी क्षेत्रभित्र यस्ता ८ वटा भवनहरु बन्ने छन् । लुम्बिनी विकास कोषले यी भवनहरुलाई लुम्बिनीको धरोहरका रुपमा लिएको कोषका सूचना अधिकृत हरिध्वज राइले बताए । अनुसन्धान केन्द, म्यूजियम, प्रशासनिक काम बाहेक यस्ता भवनहरु बैंक, प्रहरी, उपचार, ट्राभल एजेण्ट र रेष्टुरेष्टकालागि प्रयोग हुनेछन् ।

गुरुयोजना क्षेत्रभित्र ९ वटा गेटमा आधुनिक सुरक्षापोष्टहरुको निर्माण कार्य समेत शुरु भएको छ । १६ किलोमिटर लामो सुरक्षापर्खाल निर्माण कार्य पुरा भएको छ । न्यू लुम्बिनीभिलेज क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपापानी टंकी, ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन र विद्युतविस्तार, ३५ करोडकै लागतमा ढल निकासको प्रबन्ध समेत गरिनेछ । यीवाहेक केही ठूला पोखरी र केन्द्रियनहरको विस्तारकाकाम समेत बांकी छन् ।

कोषले यी सबै योजना पुरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमाविकास हुने दावी गरेको छ । आगामी ५ वर्ष भित्र लुम्बिनी गुरु योजनाका सवै कामहरु सक्ने योजना रहेको कोषले जनाएको छ । जापनीवास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको लुम्बिनी गुरु योजना पुरा गर्न सरकारले लुम्बिनी विकास कोषमार्फत काम गरिरहेको छ ।
कोषमार्फत खर्च भएको ४ अर्ब भन्दा बढी रकममध्ये आधा रकम अन्तरराष्ट्रिय दातृ निकाय र विदेशी मुलुकहरुले लगानी गरेका छन् । लुम्बिनी गुरुयोजना पुरा गर्न अझै पांचअर्व रुपैयाखर्च लाग्ने अनुमान लुम्बिनी विकास कोषको छ ।
लुम्बिनी गुरु योजना भित्र विहार क्षेत्रमा सवैभन्दा बढी १ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा विहारहरु नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनीविहार निर्माणका लागितिमुलुकहरुले ५२ करोड ८० लाखलगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमाविहार बनाएको छ । विहार क्षेत्रमाअझै २२ करोड लगानीहुने अनुमान छ ।
लुम्बिनी विकास कोषकापुर्व कोषाध्यक्ष ओम अर्यालले गुरुयोजना अनुसार न्यू लुम्बिनीभिलेज क्षेत्रमा १ अर्ब २७ लाख ६० हजार लगानीभएको बताए । यो क्षेत्रमानिर्माण भएकाहोक्के होटल र होटल कासाइले ३० करोड ७० लाखलगानी गरेका छन् ।यस क्षेत्रकाआकर्षक संरचनामानिने लुम्बिनी संग्रहालयभारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयूकाइले ३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ ।
यो क्षेत्रमा अझै २ अर्व ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्रउद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७लाख लगानी गरिएको छ भने मायादेवीमन्दिर निर्माणका लागि७ करोड रुपैयाँं लगानी भएको थियो । आखिर शान्ति क्षेत्रको सुन्दरता बढाउने योजना जति सक्यो त्यति छिटो सम्पन्न भए यहाँ आउनेले यसको बास्तविकतासँग साक्षात्कार हुने छन् ।

बुद्ध जन्म स्थल लुम्बिनीको संरक्षण र प्रचारप्रसारको चासो विभिन्न क्षेत्रबाट भएको देखिन्छ । कतिपय समयमा यसका सम्बन्धमा भारतले फैलाउने भ्रमपूर्ण प्रचारबाजीले पनि यसको अस्तित्वमा धावा बोलिरहेको हुन्छ । जै जस्तो भएपनि यसको महत्व र गरिमा विश्व जगतले राम्रोसँग बुझेको छ । बुझिरहेको देखिन्छ ।
खासगरी बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरे अनुसार लुम्बिनी सुन्दर र भब्य देखिएको छैन । ७० प्रतिशत बढी काम सकिएको छ । अझै ३० प्रतिशत जति काम बाँकी नै छ ।
लुम्बिनीको विकासमा अन्तरराष्ट्रिय संस्थाहरु कोइका, यूनेस्को, यूएनडिपी, एडिवी, डब्लुडब्लुएफ लगायतले सहयोग गर्दै आएका छन् । र गुरुयोजना क्षेत्रभित्र निर्माण हुने ठूलो लागतका आयोजनाहरु अलिहले बांकी रहेकाले लुम्बिनी गुरुयोजना पुरा गर्न अझै ५अर्ब लाग्ने अनुमान गरिएको छ । २० प्रतिशत काम पुरा हुन बाकी हुदा सम्म लुम्बिनीमा ४ अर्बभन्दा बढी लगानी भइसकेको छ ।
लुम्बिनी गुरुयोजनाले समेटेको उत्तर दक्षिण साढे ४ कि.मि.र पुर्ब पश्चिम डेढ कि.मि. मा अहिले सम्म पुरै भनेको क्षेत्रफलमा बिकास निर्माणका बाटो घाटो, ठुला ठुला मन्दिर अधुरा रहेको कोषले जनाएको छ । पछिल्ला वर्षहरुमा लुम्बिनी गुरुयोजनाका ७० प्रतिशत बढी काम सकिएका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य धमाधम भै रहेको छ । नेपाल सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्न ठुलो धन रासी खर्च गरेकोले योजना छिटो समपन्न हुने लुम्बिनी विकास कोषका सुचना संयोजक राजन बस्नेतले बताएका छन ।

नेपालको राजनैतिक अस्थिरता र कर्मचारी तन्त्रले गर्दा लुम्बिनी गुरुयोजनाको काम पुरा नभएको नेपाल मन्दिर राजकिय बुद्ध बिहार लुम्बिनीका भिच्छु सागर धम्माले बताएका छन । यस्ता क्षेत्रमा राज्यको गम्भिरता अलि बढी देखिनुपर्ने तर्फ उनको सुझाव छ ।

गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका कामगर्न ५२ करोड रुपैयालाग्ने अनुमान छ । त्यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रियनहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमानहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो ।
यहा गुरु योजना अनुसार नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय ब्यवस्थापन र पानी ट्यांकी निर्माणका कामहुन सकेको छैन् । यस्कालागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।लुम्बिनी गुरुयोजनाको पूर्ण आकार आइसकेको र लुम्बिनी संसारकै एक सुन्दर धार्मीक र पर्यटकीय क्षेत्रको रुपमा घुम्न लायक त भएको छ तर पुरै सुन्दरता नियाल्न भने अझै केही समय पर्खनुपर्ने छ ।

लुम्बिनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बांकी रहे पनि यस्ता काममा धेरै रकमखर्च हुने भएकाले सरकारले पर्याप्त बजेट पठाए ५वर्ष भित्र लुम्बिनी गुरु योजना पुरा गर्न सकिने छ । अन्तरराष्ट्रिय स्तरमा लुम्बिनीको चर्चा बढ्दै गएको र बार्षिक १० लाख पर्यटक भित्रयाउन सकिने सम्भावना रहेको भन्दै सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनागर्दै विस्तृत पर्यटन योजनाबनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भएपनि यसको सार्थकताको परिकल्पनामा आम नागरिक आत्तुर छन् । देशकै गौरवको योजना भएकोले देशको गरिमाको पनि ख्याल गर्न र बौद्धमार्गीको प्रमुख तिर्थ स्थल भएकोले यसमा राज्यको चासो र चिन्ता थप देखिन आवश्यक छ ।

No comments:

Post a Comment

watch first and then search