watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

प्रहरीकै मिलोमतोमा हुन्छ जमुनी नाकाबाट खुलेआम कुखुराका चल्ला तस्करी





बाँके,९ कात्तिक । भारतबाट अवैध रुपमा कुखुराका चल्ला भित्रिने गरेको खुल्नमा आएको छ । तस्करहरुले बाँके र बर्दियाका सहायक नाकाबाट कुखुराका चल्ला भित्र्याउने गरेका छन् । बाँकेको हिरमिनिया, सैनिक, बर्दियाको राजापुर, जमुनी, ताराताल लगायत सहायक नाकाबाट अवैध रुपमा कुखुराका चल्ला भित्र्याउने गरेका छन् । नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गस्ती टोलीले बर्दियाको जमुनी नाकाबाट एकैदिन ७ हजार कुखुराको चल्लासहित तीन जना तस्करलाई नियन्त्रणमा लिएपछि सहायक नाकाबाट कुखुराका चल्ला भित्रिने गरेको प्रमाणित भएको हो ।


जमुनी नाका भएर भारतबाट तस्करी गरी नेपालगन्ज ल्याउने क्रममा बाँकेको सिमलघारीमा पक्राउ गरिएको गुल्मका प्रमुख डिएसपी चित्राङ्ग दाहालले जानकारी दिए । चल्ला तस्करीका लागि तस्करले माईक्रो बस प्रयोग गरेको उनले बताए । सशस्त्र प्रहरीले कारवाही गर्न नमिल्ने भन्दै बस छाडेको छ । चल्लासहित पक्राउ परेकाहरुलाई जनही १५ हजार धरौटी लिएर रिहा गरिएको छ । धरौटीमा रिहा हुनेमा गणेश बुढाथोकी, इन्द्र बुढाथोकी र किरण पाण्डे रहेका छन् ।

बाँके–बर्दियाको सीमामा पर्ने जमुनी नाकाबाट कुखुरा र चल्ला खुलेआम तस्करी हँुदै आएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । केही दिनअघि सोही नाकाबाट तस्करी गरी ल्याइएको एक गाडी चल्ला पक्राउ गरिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेले जानकारी दिए । उनले करिव ८ हजार बढि चल्ला क्वरेन्टाइ कार्यालयले नष्ट गरिएको बताए । क्वारेन्टाइन कार्यालयले यसअघि बाँके–बर्दियाको सिमाना मानखोला नजिकैबाट एक हजार बढि चल्ला पक्राउ गरेको थियो । ‘जमुनी नाकाबाटै तस्करी गरी ल्याइएको कुखुरा बाँकेको उढरापुर नजिकैबाट पक्राउ गरिएको थियो,’ पाण्डेले भने, ‘कुखुरा र चल्लाको तस्करी सबैभन्दा बढि जमुनी नाकाबाटै हुने गरेको छ ।’

भारतबाट अवैध रुपमा भित्रिने कुखुरा र चल्लाले क्वारेन्टाइन र प्रहरीको सवैभन्दा बढि टाउको दुखाएको छ । ‘बाँकेका सहायक नाकाबाट फाट्टफुट्ट आएपनि जमुनी नाकाबाट सबैभन्दा धेरै तस्करी भइरहेको छ ।’ उनले तस्करीका लागि त्यस क्षेत्रमा नक्कली पोल्ट्री खोलिएको बताए । जमुनी नाकामा नेपाल प्रहरीको चौकी छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको पनि क्याम्प राखिएको छ । तर, कुखुराको खुलेआम तस्करी भइरहेका कारण मिलोमता भएको शंका नेपालका कुखुरा व्यवसायीहरुको छ । ‘प्रहरीको मिलोमतो नभएसम्म यति धेरै परिणाममा भारतबाट कुखरा र चल्ला तस्करी सम्भव छैन । तस्करहरुले मासिक लाईन मिलाएर खुलेआम तस्करी गरिरहेका छन्,’ कुखुरा पालक संघ बा“केका अध्यक्ष लालबहादुर खत्रीले कान्तिपुरसंग भने,‘पक्राउ पर्नेहरुलाई पनि कारवाही नगर्दा तस्करी बढेको छ ।’ क्वारेन्टाईको तथ्यांकले पनि सबैभन्दा बढी जमुनी नाकाबाट तस्करीको कुखुरा पक्राउ भएको देखाएको छ । हालैसालैका ९ कुखुरा तस्करीका घटना मध्ये ५ वटा जमुनी नाकाबाट भएको देखिएको छ । जमुनी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) जयबहादुर रानाले कुुखुरा तस्करीका घटना बारे आफूभन्दा माथिल्लो निकायका अधिकारीसंग कुरा गर्न आग्रह गरे । ‘हामीले तस्करीको कुखुरा समाएका छौ“ । बा“की कुरा सरहरुसंग सोध्नु होला,’ उनले कान्तिपुरसंग भने । कुखुरा मासु व्यवसायीहरुका अनुसार भारतबाट कुखुरा ल्याउन मासिक तीन हजार रुपैया“ प्रहरीलाई बुझाउनु पर्छ ।

त्यसरी रकम दिनेको कुखुरा पक्राउ हुने तर तस्करहरुले कुखुरा खुलेआम ल्याउने गरेको उनीहरुको आरोप छ । बर्दियाका प्रहरी प्रमुख भरतबहादुर बोहराले जमुनीबाट हुने गरेको तस्करी बारे अनुसन्धान गर्ने बताए । ‘लुकीछिपी तस्करी भएको हुनसक्छ,’ उनले भने,‘मातहातका प्रहरी चौकबाट त्यस बारे बुझेर एक्सन लिन्छु ।’

No comments:

Post a Comment

watch first and then search