watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

चोरीको गहना किन्ने ब्यवसायी पक्राउ



नेपालगन्ज, ९ कात्तिक । करोडौं रुपैयाँ बराबरको चोरीको हिरा जडित सुनका गहना किन्ने नेपालगन्जका सुन ब्यवसायी पक्राउ परेका छन् । १ किलो २४ ग्राम ६९० मिलिग्राम हिरा जडित सुनका गहना जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले बरामद गरेको छ । सो हिरा जडित सुनको गहना किन्ने नेपालगन्ज–५ स्थित रहेको न्यू शिवम् ज्वैलर्सका संचालक सन्तोष सोनीलाई प्रहरीले पक्राउ गरेको छ ।

२ करोड ७५ लाख मूल्य बराबरको सो गहना भारत पन्जाब लुदियानाका विजय घईको घरबाट चोरी गरि नेपाल ल्याइएको थियो । घईको घरमा काम गर्ने डोटीका अर्जुन परियार समेतका अभियुक्तले गत भदौ २६ गते घर मालिक नभएको मौका पारेर उक्त गरगहना चोरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले जानकारी दिए । चोरी गरि ल्याएको सो हिरा जडित गहना कैलाली चौमाला घर भई सुनको कालिगढ रमेश सौफले नेपालगन्जका सुन ब्यवसायी सोनीलाई बिक्रि गरेका थिए । ८० लाखको गहना सोनीले किनेका थिए । अन्य गहना काठमाण्डौमा बिक्रि गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार सो चोरी गरिएको हिरा जडित गहना कैलालीको नाका हुँदै नेपाल भित्र्याइएको थियो । ‘सो गहना कैलाली हुँदै नेपालगन्ज र काठमाण्डौसम्म लगेर बेचिएको पाइएको छ,’ थापाले भने । चोरीमा संलग्न ४ जनालाई प्रहरी काठमाडौँबा पक्राउ गरिसकेको छ ।

सो गहना चोरी कार्यमा अर्जुन परियार सहित ५ जनाको संलग्नता रहेको निरीक्षक थापाले बताए । बरामद गरिको गहना जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको छ । उक्त गहना आवश्यक प्रक्रिया पु¥याए सम्बन्धित हकवालालाई बुझाउने तयारी भइरहेको उनले बताए ।

No comments:

Post a Comment

watch first and then search