watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

बिडिसिए कप क्रिकेट प्रतियोगिताको उपाधि योङ स्टार लार्इ



बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १६ आैँ संस्करणको उपाधि योङ स्टार क्रिकेट क्लब मेलौलीले जितेको छ । आज सम्पन्न अन्तिम खेलमा एनआरवाइसी बठ्ठालाई १९ रनले पराजित गर्दै मेलौलीले सो उपाधी जितेका हुन् ।

स्थानीय निङ्लाशैनी खेल मैदानमा टस हारेर ब्याटिङ गरेका मेलौलीले सुनिल क्षेत्रीको उत्कृष्ठ प्रदर्शनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । सुनिलले छ छक्का र पाँच चौकाको मद्दतले ३६ बलमा ७१ रन बनाएका थिए । यस्तै महेश विष्टले नटआउट २८ तथा मुकुन्द क्षेत्रीले १२ रन जोडेका थिए । एनआरवाइसिका राम चन्द र मदन चन्दले तीन÷तीन विकेट हात पारेका थिए ।

दुईसय एक रनको विजयी लक्ष्यका साथ मैदान उत्रेका एनआरवाइसीले सुरज बोहराको सर्वाधिक ३३ तथा नरेस चन्दको ३० रनको मद्दतले २० ओभर पुरै खेलेर ७ विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सकेको थियो । मेलौलीका सञ्जय विष्टले दुई तथा मङ्गेस दयाल र वीरेन्द्र नेगीले एक÷एक विकेट हात पारेका थिए ।

मेलौलीले उपाधिसँगै रु २५ हजार, ट्रफी र प्रमाणपत्र तथा द्वितीय भएको एनआरवाइसीले रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मेलौलीका मुकुन्द क्षेत्री म्यान अफ द सिरिजका उपाधि पाए । मुकुन्दले प्रतियोगितामा भएका पाँच खेलमा ५७ दशमलव ६१ को औषतमा सर्वधिक दुई सय ८८ रन बनाएका थिए । म्यान अफ द सिरिज भएका मुकुन्दले एउटा क्रिकेट ब्याट र बल प्राप्त गरेका छन् ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्र नम्बर ६ बैतडीको टिम बनाइने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

विजेता तथा उपविजेतालाई नेपाल क्रिकेट सङ्घ (क्यान)का निलम्बित अध्यक्ष चतुरबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

No comments:

Post a Comment

watch first and then search