watch first and then search

watch first and then search

Wednesday, October 26, 2016

पोल र तार टाँगेको दशक वित्दा पनि भोजपुरमा विजुली बलेन



केवल प्रधान , भोजपुर । भोजपुरमा विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तार गरेको एक दशक बित्दा समेत विजुली बाल्ने काम भने हुन नसक्दा स्थानीयवासी खिन्न बनेका छन् । अझ विद्युतको प्रयोगबाट वञ्चित बनेपछि धेरै आयोजनाहरु अलपत्र परेका छन् । आव ०६३/०६४ ताका थालिएका विद्युत प्रसारणको लाइन वितरणको कार्य पोल गाड्ने र तार टाग्ने भन्दा गति लिन सकेको छैन ।


भोजपुर क्षेत्र नं. १ सांसद ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत मन्त्री भएपछि जिल्लामा विद्युत विस्तारका आयोजना सुरु गरिएको थियो । जनआन्दोलन २०६२/६३ पछि जलस्रोत मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीपछि वर्तमान ऊर्जा मन्त्री जनार्दन शर्मासम्म १२ जनाले मन्त्रालय हाँक्ने जिम्मा पाएका छन् तर भोजपुरमा अघि बढाइएको कामलाई कसैले पार लगाउन सकेका छैनन् । विकास र निकास पाउने आशा राखेका जनताले विजुली बत्ति समेत बाल्न पाएका छैनन् । २ नगरपालिका तथा ५४ गाविसलाई झिलिमिली पार्ने योजना आश्वासनमा मात्र सीमित भएको छ ।जग बसाएर पिलर उठाउन थालेको ३ बर्ष वितेपनि विद्युत प्राधिकरण भोजपुर शाखाले समेत चासो दिएको छैन । ७ सय ५० केभिए क्षमताको सव–स्टेशन निर्माणका सामग्री पाखाभरी छरपष्ट छन् । यी र यस्ता सवै काममा विद्युत प्राधिकरण भोजपुरको मातहतमा नरहने जनाएको छ । आयोजनाहरु ठेकेदार मार्फत सम्पन्न हुने तर भोजपुर वितरण शाखा कुनै जिम्मेवार नहुने भन्दै कर्मचारीहरु पन्छिने गरेका छन् । आयोजनाका बिषयमा क्षेत्रीय कार्यालय, विराटनगर सम्पूर्ण पक्षको जिम्मेवार भएकाले उसैसंग सोधखोज गर्नुपर्ने कर्मचारीहरुको भनाई छ ।दक्षिणी भेगका रानीवास, होम्ताङ, सिन्द्राङ, पात्लेपानी लगायत एक दर्जन बढि गाविसमा ३३ केभी केन्द्रीय प्रशारण लाईन जोड्न सुरु भएको ९ बर्ष बितेको छ । ०६५ साल देखि छिमेकी जिल्ला धनकुटाको हिले सबस्टेशनबाट पोल गाड्न र तार टाग्न सुरु गरेको ९ बर्ष बितिसक्दा घोडेटार र आसपासमा पोल गाड्ने र तार टाग्ने काम मात्र भएको छ । पश्चिमी सिद्धेश्वर, गुप्तेश्वर, अन्नपुर्ण लगायत ११ र उत्तरी किमालु, साल्प लगायत ५ वढि गाविसको विस्तार पनि दक्षिणी भेगको जस्तै छ । सर्वसाधारणबाट रकम जम्मा गरेर खरिद गरेका निर्माण सामग्री बेवास्ता हुँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन् । यता प्राधिरकणले सदरमुकामको पानीट्यांकीमा निर्माण थालेको सव–स्टेसन कार्यालयको काम पनि अलपत्र छ ।

No comments:

Post a Comment

watch first and then search