watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

पर्वतको वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा



पर्बत जिल्लामा बन्न लागेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई अग्ला र लामो पुल सम्पन्न भई अवातजावत समेत शुरु हुन थालेको छ ।



पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको पुलको झण्डै ९० प्रतिशत काम पुरा भएको छ । अब केहि ठाउँमा डेग विच्छ्याउने र दवै भागमा जाली राख्ने काम मात्र बाँकी रहेको छ । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामोे छ । पुल ३ सय ५९ मिटर लामो रहेको पुल निमार्ण समितिले जनाएको छ ।

निर्माण समितिका अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भई कार्तिक तेस्रो सतासम्ममा पुर्ण रुपमा सञ्चालनमा आउने बताईएको छ । यसैवीच पर्वतमा थप पाँचवटा झोलुंगे पुल निर्माणको चरणमा रहेका छन । यस बर्ष लमायखोलामा दुई वटा झोलुंगे पुल र अर्गार्से खोलामा एक, शालिजा गाविसको ओकादी खोलामा एक र भोर्ले गाविसमा एक गरी पाँचबटा साना पुल निर्माण हुने जिविस पर्वतले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search