watch first and then search

watch first and then search

Thursday, October 27, 2016

भारत र चीनका राष्ट्रपति नेपाल आउदा दिने बिदाको सर्वत्र आलोचना भएपछि सरकारको यस्तो स्पष्टोक्ती : सर्वसाधारणलाई दुःख नहोस् भनेर बिदा



काठमाडौं, ११ कात्तिक । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएको दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसबारे चर्चा परिचर्चा शूरु भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कार्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमणमा आउँदैछन् । बिदेशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएको दिन सार्वजनिक बिदा दिने निर्णयबारे सामाजिक सञ्जालमा बिरोध प्रकट भएको पाइएको छ ।

यसबारे प्रधानमन्त्री कार्यालयले भने ३ वटा कारण दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने–

नेपाल–भारतबिच झन्डै सत्र–अठार बर्षपछि राजकीय भ्रमण हुन लागेकोले उक्त भ्रमणलाई नेपालले उच्च महत्व दिएको जनाउन । मित्रराष्ट्रका भिभिआइपीको भ्रमणका बेला ट्राफिक ब्यवस्थापन चुस्त राख्न र सर्वसाधारणलाई दुःख नहोस् भनेर ।
दुई देशबिचको सम्बन्ध सुधार गर्न । यसअघि पनि सार्क सम्मेलन तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सार्वजनिक विदा दिइएको प्रवक्ता रेग्मीले बताए ।

यस्तै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीले यसअघिका बिदेशी बिशिष्ट ब्यक्तिको नेपालको भ्रमणका बेला एकदिन सार्वजनिक बिदा दिने चलन रहेको बताए ।

नेपाल भ्रमणमा आँउने मित्रराष्ट्र र नेपालको मित्रवत सम्बन्धलाई महत्व दिन, कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन बिदा दिने चलन अनौठो नभएको अधिकारीको भनाई छ । पञ्चायतकालमा पनि कुनै बिदेशी उच्च पदका पाहुनाको नेपाल भ्रमणमा क्रममा बिदा दिने गरेको उनले बताए ।

अहिले मन्त्रीपरिषद्को बैठकले चलिआएको चलनमाथि किन निर्णय ग¥यो भन्नेमा आफुलाई थाहा नभएको अधिकारीको भनाई छ ।

No comments:

Post a Comment

watch first and then search