पर्वत जिल्लाका ग्रामिण भेगमा सञ्चालित कतिपय गाविसका कच्चि धुले सडकहरुमा स्थानीयले निकै जोखिमको यात्रा गर्न बाध्य भएका छन् । पर्याप्त सवारीसाधन नहुनु, रुट परमिट बिना जथाभावि सवारी चलाउने र सीमित गुड्ने सवारीले क्षमताभन्दा तेब्बर सम्म यात्री राख्दा यात्राको जोखिम बढ्दै गएको हो ।
ट्याक्टरमा चढ्दा पनि जिपकै भाडा तिर्नूपर्ने पाङ्राङकी सिमा क्षेत्रीले बताउनुभयो । अन्य बिकल्प केहि नभएपछि आफुहरु जे पाईन्छ त्यसैमा चढेर यात्रागर्न गरेको उहाले गुनासो गर्नुभयो । नियमित सवारी नहुदा सिमित चलेका जिप, ट्याक्टरका चालकले मनोमानि भाडा असुल्दै आएको उहाको भनाई थियो ।
जिल्ला यातायात व्यवस्था समितिले धुले सडकमा प्रति किलोमिटर बसको साढे सात र जीपको साढे आठ रुपैया भाडादर तोकेको छ । तर, ग्रामिण कच्ची सडकहरुमा चल्ने सवारीले भने यात्रीसंग प्रतिकिलोमिटर १० रुपैयासम्म भाडा असुल्दै आएको पाइएको छ । ससाना जिप र ट्याक्टरका पाङ्ग्रा मात्रै मुस्किले अट्ने सडकमा क्षमताभन्दा तीन गुणा सम्म यात्री र मालसामान ओसार्दा पनि कतैबाट अनुगमन र नियमन हुन सकेको छैन ।
No comments:
Post a Comment