watch first and then search

watch first and then search

Tuesday, October 25, 2016

बाँसका भाँडाकुडा बेचेर मनग्य आम्दानी



गौशाला । छठ पर्व नजिकिँदैं जाँदा महोत्तरीको डोम समुदायले बाँसका भाँडाकुडा बनाएर मनग्य आम्दानी गर्न थालेका छन् । डोम समुदायले बर्सेनि छठ पर्वमा बाँसका भाँडाकुडा बेचेर यथेष्ट आम्दानी गर्दै आएको छ । छठमा बाँसबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका भाँडाकुडाको प्रयोग गरिन्छ । भरतपुर गाविसकी ५५ वर्षीया कामिनी डोमिन कात्तिक लाग्ने बितिक्कै बच्चादेखि बूढासम्मले डालो, नाङ्गलो र टपरी बनाउने गरेका बताउनुहुन्छ ।

छठ पर्वमा छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने हुन्छ । त्यसैले प्रत्येक परिवारले बाँसका भाँडाकुडा किन्ने गर्छन् । भटौलिया गाविसका ५० वर्षीय रामा डोम छठ पर्वमा आफूहरु दिनरात व्रतालुको निम्ति बाँसका भाँडा बनाउने गरेको बताउनुहुन्छ ।

“बाँसका भाँडा बेचेर वर्षभरिको ऋण चुक्ता गछौँ,” उहाँले भन्नुभयो । उनीहरुले डालो नाङ्गलो बेचेर रु ५० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्ने गरेका छन् । अहिले गाउँ÷गाउँमा डोम जातीको घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबै सदस्य विभिन्न सामग्री बनाउन व्यस्त देखिन्छन् । उनीहरुलाई ती सामग्री बनाउन भ्याइनभ्याई भएको छ ।

No comments:

Post a Comment

watch first and then search