watch first and then search

watch first and then search

Thursday, April 26, 2018

साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश अब छिटै नेपाल फर्कने !

काठमाडौं – १२ वैशाख- पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका उमेश यादवले मृतकको परिवारबाट क्षमा पाएका छन् । साउदी अरबको अदालतले उमेश यादवलाई २०१८ को अप्रिल १५ का दिन मृत्युदण्ड सुनाएको र पुनरावेदनमा अपिल गर्न २८ दिन दिएकोले मृतक पाकिस्तानी नागरिकका परिवारबाट क्षमा पत्र लिन अभियन्ता सरोज राय गत हप्ता पाकिस्तान गएका थिए । साउदी अरेबियाको अदालतले यादवको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने अहिलेसम्म गरेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई साउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको थियो । यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादिन कम्पनीमा छ महिना काम गरेका थिए । केही दिनअघि लोकान्तरसँगको कुराकानीमा अभियन्ता सरोज रायले माफिपत्रमा परिवारले सही गर्ने सम्भावना रहेको बताएका थिए । मृतकको परिवारले बुधबार(आज) उमेश यादवलाई क्षमादान दिएको जानकारी दिएका छन् । अब यादव छिटै नेपाल फर्किन पाउँनेछन् । source:-ujyalo media

No comments:

Post a Comment

watch first and then search