watch first and then search

watch first and then search

Thursday, April 26, 2018

नेपाल आउन लागेका मोदीलाई ग्रेटर नेपालका फडिन्द्रले भने, “नेपालको ६० हजार बर्ग कि. भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी राक्षस् हो” (भिडीयो)

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग अब नेपालले प्राउनुपर्छ भन्दै माग गर्दै आएको संस्था हो । यो संस्थाले नेपाली भूमी फिर्ता पाउनुपर्छ भन्दै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कानुनी लडाई समेत लड्दै आएको छ । यो संस्थाले पछिल्लो समय बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। बेलायती प्रधानमन्त्रीलाई पठाइएको पत्रमा बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग सन् १९४७ अगस्त १५ मा भारतसँगै स्वतन्त्र भएकोमा भारतले तत्काल उक्त भुभागमा पुन उपनिवेश कायम गरेको भन्दै सन् १९५० जुलाई ३१ को नेपाल–भारत सन्धिको धारा ८ ले सुगौली सन्धि रद्ध गरिसक्दा पनि भारतले उक्त भुभाग हालसम्म नेपाललाई फिर्ता नगरेको उल्लेख छ। ग्रेटर नेपालले भारतको यो विस्तारवादी व्यवहारमाथि अङ्कुश लगाउनुपर्ने भन्दै कानुनी लडाई लडिरहेको हो । यो संस्थाको अगुवाई फणिन्द्र नेपालले गरेका छन् । भारतीय प्रधानमन्त्री केही दिन भित्रै नेपालको राजकिय भ्रमणमा आउंदैछन् । भारतीय ज्यादती र साम्राज्यवाद विरुद्ध आवाज उठाउंदै आएका नेपालले यो विषयलाई गम्भिरताका साथ उठाएका छन् । विगत दुई दशक देखि नेपालको गुमेको भुभाग ६० हजार वर्गकिलोमिटर जमिन भारतले कब्जा गरेर राखेको छ । जसमा पुर्वमा दार्जिलिगं सिक्किम, सिलगाडीका भुभाग छन् भने पश्चिममा कुमाउ, गडवाल, नैनीताल, देहरादुन सिम्ला लगायतका क्षेत्र नेपाली भुभाग रहेको भन्दै फिर्ता पाउनुपर्ने माग राखेको छ । ग्रेटर नेपालले भारतमा समेत पुगेर आफ्ना माग राखेका छन् । नेपालले सन्धि बेलायतसंग गरेको हो । भारतसंग यसको कुनै सम्बन्ध छैन । १८१६ मार्च ४ मा बेलायतसंग भएको सुगौली सन्धिमा कुनै तेस्रो पक्ष संलग्न छैन । सुगौली सन्धि रद्ध भइसक्दा पनि भारतले सो हाम्रो जमिन भारतले आफ्नो कब्जामा राखेको छ । नेपालले औपचारीक रुपमा पुरानो भुभाग नेपाललाई चाहिन्छ भनिसकेको अवस्थामा भारतले सो क्षेत्र दिनुपर्छ । तर त्यो प्रकृया पुरा नहुंदा अहिले नेपालले मानेको सिमाना मेची र महाकालीमा समेत भारतले १ हजार ३ सय स्क्वायर किलोमिटर जमिन कब्जा गरेको छ । नेपाली भूमी फिर्ता पाउने प्रसस्तै आधारहुंदा हुंदै पनि किन भारतले सो जमिन फिर्ता गरेको छैन ? त्यो जमिन नेपालले फिर्ता पाउन के के कानुनी आधार छन् ? यसै विषयमा रतन चन्दले ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालसंग गरेको कुराकानी भिडियो :

No comments:

Post a Comment

watch first and then search