जिल्ला अनुगमन समन्वय समिति बाराले बरामद गरेको करिब ४० लाख मूल्य बरावरको म्याद नाघेको १७ हजार लिटर खाने तेल नष्ट गरेको छ । उक्त परिमाणको खाने तेल बकैया खोला बगरको खाडलमा जलाएर नष्ट गरिएको हो ।
बारा निजगढ नगरपालिका ८ बकैयाटोलस्थित कृष्णप्रसाद दंगालको गोदामबाट गत कात्तिक ११ गते उक्त परिमाणको म्याद नाघेको रिफाईन सोयाविन तेल फेला पारेपछि तेल र खाली जर्कीन भएको गोदामका दुई वटा ठुला कोठालाई सोही दिन सिलबन्दी गरिएको थियो । भारतीय सदावहार ब्राण्डको म्याद नाघेको सो तेल बिक्री गर्ने मनशायले दर्जनौं जर्कीनमा भरी राखेको र दर्जनौं खाली जर्कीन समेत भेटिएपछि जिल्ला अनुगमन समिति बाराले दंगालको गोदाममा सिलवन्दी गरेको थियो । अखाद्य तेल विक्रेता ईशा सप्लार्यस निजगढका रमेश दंगाललाई सोही दिन अनुगमन टोलीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । तेल नष्ट गर्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले यस घटनाको अनुसन्धान नटुङ्गिएको र अन्य त्रुटी भेटिए कडा कारवाही गरिने बताउनु भयो । उहाँले सो तेलमा पेरो अक्साईड भ्यालु ४० देखिएकोले यो मानव स्वास्थ्यका लागि अति नैं हानीकारक रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेरो अक्साईड भ्यालु १० भन्दा बढी भएका मानव स्वास्थ्यका लागि हानीकारक हुन्छ ।
कालोबजारी र गुणस्तरहीन बस्तु बिक्री गर्ने मनशायले राखेको भन्दै ईशा सप्लार्यसका दंगाललाई बारा प्रशासनले १२ दिन सम्म नियन्त्रणमा लिई गत कात्तिक २३ गते १ लाख रुपैया धरौटी लिई तारेखमा छोडेको छ ।
No comments:
Post a Comment