मलेसिया, २७ कार्तिक, मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल विजयी भएको छ । लाओससँगको खेलमा निर्धारित २(२ गोलको बराबरी भएपछि पेनाल्टी सुटमा नेपाल ३(० गोलले विजयी भएको हो । खेल मलेसियाको नेगेरी रंगशालामा शनिबार दिउँसो २ः१५ बजेबाट भएको थियो ।
समूह ए को समूह विजेता नेपालले समूह बी को उपविजेता लाओससँग खेलेको हो । नेपालले समूह चरणमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने ब्रुनाइलाई ३–० ले हराएको थियो ।
त्यसैगरी लाओसले समूह चरणमा श्रीलंका र मंगोलियालाई हराउँदा मकाउसँग पराजय बेहोरेको थियो ।
नेपाली प्रशिक्षक ग्योतोकु कोजीले समूह विजेता बनेसंगै नेपाल फाइनलमा पुगेको बताएका छन् । कोजीले नेपाल मलेसियामा उपाधि जित्नकै लागि आएको स्पष्ट पार्दै भनेका थिए ‘लाओस राम्रो खेल्छ तर हामी उपाधि लिन मलेसिया आएका हौं ।’
अर्को सेमिफाइनलमा आजै साँझ ५ः१५ बजे ब्रुनाई र मकाउ भिड्ने छन् । ब्रुनाई नेपालको समूहको उपविजेता हो भने मकाउ समूह बी को विजेता हो ।
खेल लाइभ हेर्न पाउनु भएन भने यहाँ हेर्नुहोस्:
No comments:
Post a Comment