watch first and then search

watch first and then search

Saturday, November 12, 2016

जग्गा विवादमा आफन्तले लिए ज्यान, कोरिया सपना अधुरै रह्यो



महेन्द्रनगर, २७ कात्तिक । कञ्चनपुरको बेल्डाँडी नगरपालिका ४ रतनपुरमा एक युवकको फरुवा प्रहारबाट हत्या गरिएको छ । एक छोराका बाबु लोकेन्द्र कोरियाको इपिएसमा नाम निकालेका थिए । उनी कोरिया जाने तयारी गर्दै थिए ।
शनिबार दिउँसो बेल्डाँडी नगरपालिका ४ रतनपुरका लोकेन्द्र विष्टको हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार ३२ बर्षिय विष्टको उनकै खेतमा हत्या गरिएको जनाएको छ । बेल्डाँडी प्रहरीले भने जमिन बिवादका कारण उनीहरु विच विवाद बड्दै गएपछि हत्या भएको प्रारम्भिक अनुमान गरेको छ । टेक्टरले खेती जोतिरहेका कम्मान र लोकेन्द्र विच खेतमै विवाद हुँदा विवाद चरम उत्कर्षमा पुगपछि खेतमा खन्न लगिएको फउराले लोकेन्द्रमाथी प्रहार भएको छ । घाउ हेर्दा लोकेन्द्रले पटक पटक छेकेर अन्तिम पटक छाती र मुखमा गहिरो चोट लागेपछि उनको मुत्यु भएको बुझिएको छ ।

विष्टका नातेदार मध्येका कम्मान विष्टको समुहले लोकेन्द्रको हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । लोकेन्द्रका परिवारले उनको एक्लै व्यक्तिले नभई ठुलै समुहले हत्या गरेको जनाएका छन् । घटना स्थलमा पुगेका मृतक लोकेन्द्रका बाबु, श्रीमतीले कम्मान एक्लैले हत्या नगरेको समुहमा मिलेर हत्या गरेको गुनासो पोख्दै थिए । घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले घटनामा संलग्न कम्मान विष्टलाई प्रहरी पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ परेका कम्मान र घटना स्थलको अनुसन्धान भईरहेको छ । घटना स्थलम फरुवा, लाठी बरामद गरिएका छन् । पोष्टमाष्टमका लागि प्रहरीले पीडित परिवारजन सग आग्रह गरिरहेको छ ।

पीडित परिवारले भने घटनाका सबै दोसीहरुलाई कार्बाही गर्न माग गरेका छन् । जमिनकै विषयमा आफ्नै नातेदारको हत्या गर्नु निन्दनिय भएको भन्दै छिमेकीहरुले समेत घटनाको भत्र्सना गरेका छन् । एक छोराका बाबु लोकेन्द्र कोरियाको इपिएसमा नाम निकालेका थिए । उनी कोरिया जाने तयारी गर्दै थिए । आफ्नै खेतमा छोराको दर्दनाक दुखदायी घटना देखेर उनका परिवारजन शोकमा डुबेका छन् । जमिन विवाद आपसी छलफल, समझदारी, कानुनी प्रकृयाबाट समाधान गर्नुको साटो ‘सयमितता’ अभावका कारण उनको हत्या समेत भएको अनुमान गरिएको छ ।

No comments:

Post a Comment

watch first and then search