अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पादनको सहायता लिने गर्छन् । हुनत छाला सुकोमल तथा आकर्षशक बनाउने भन्दै अनेकौ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छ । तर यी उत्पानहरु महंगो हुनाका साथै कतिपय अवस्थामा छालालाई कुरुप समेत पार्न सक्ने हुन्छ ।
आज हामीले जानकारी गराउन लागेको यो घरेलु छाला लेपले पनि यो पुरानो भनाईलाई चरितार्थ गरेको छ । दालचिनी छालाको संपर्कमा आएपछि यसले अनौठो तथा हल्का श्रृङ्ग पार्ने खालको उत्तेजना श्रृजना गर्छ जुन केही क्षणमै हराएर जान्छ । दालचिनीमा फंगल तथा जिवाणु बिरुद्ध लड्न सक्ने गुण लुकेको हुन्छ । यसमा छालालाई हानि पुर्याउन सक्ने अन्य विषादी बिरुद्ध लड्नसक्ने क्षमता पनि लुकेको हुन्छ । दालचिनीलाई यसरी प्रयोग गनुंस्
आवश्यक सरदामहरु:
१) आधा चम्चा दालचिनीको धुलो २) आधा चम्चा जाईफलको धुलो ३) एक चम्चा मह ४) एक चम्चा ताजा कागतीको रस
तयार पार्ने बिधि
एउटा सानो कचौरामा यी सबै सरदामहरु मिसाउनुहोस् । सरदामको लेप तयार पार्नुहोस् । अव रुमाल तथा कपासको सहायताले लेपलाई नाक, निधार, गाला तथा चिउँडोमाथि दल्नुहोस् ।
ध्यान दिनुपर्ने कुराहरु:
मुख तथा आँखाको नजिक लेप दल्नु भने हुँदैन । अप्ठ्यारो महसुस हुँदैन भने लेपलाई करिव आधा घण्टासम्म अनुहारमा छोडिदिनुहोस् होइन भने कमसेकम दश मीनेट सम्म लेपलाई अनुहारमा छोडिदिनुपर्छ । त्यसपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुहोस् ।
No comments:
Post a Comment