बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा गृहिनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला । तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी गुच्छी च्याउ हो । गुच्छी च्याउ प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्ने गरेको जानकारी गराईएको छ । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको गुच्छी च्याउ औषधिय गुणले भरिपुर्ण मानिन्छ ।
भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।
नेपालमा समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ । खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी च्याउ प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ ।
भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् ।
No comments:
Post a Comment