watch first and then search

watch first and then search

Friday, November 11, 2016

मधुमेहका रोगीले खानै पर्ने १० खानेकुरा…



मधुमेह अर्थात चिनीरोग, रगतमा चिनीको मात्रा कम भएपछि लाग्ने एक जटिल रोग हो । केहिसमय अघिसम्म उमेर ढल्किएका पाका पुस्तालाई लाग्ने रोगका रुपमा चिनिएको यो रोग पछिल्लो समय युवा पुस्तामा पनि देखिन थालेको छ । मधुमेह निमुर्ल पार्ने आजसम्म कुनै औषधि पत्ता लागेको छैन । यो रोग लागेपछि रोगीले धेरै खाने कुरालाई त्याग्नु पर्ने हुन्छ । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । मधुमेहका रोगीले कस्तो खानेकुरा कुन मात्रामा खानु हुन्छ ? यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ ।

१. स्याउ
स्याउमा गुलियो पना हुने हुनाले मधुमेहका रोगीले खानु हुँदैन भन्ने भ्रम छ । तर, सहि मात्रामा स्याउको सेवन गर्नाले यो रोगका रोगीलाई निक्कै फाइदा हुन्छ । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्य स्थिती जाँच गर्दा हप्तामा पाँच वा सो भन्दा बढि स्याउ खाने मानिसहरुमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ ।



२. कुरिलो
कुरिलो धेरै सिजनमा धेरै नेपालीको भान्सामा पाक्ने तरकारी हो । स्वादका हिसावले पनि यो धेरैको मनपर्ने सुचीमा पर्छ । तर, यति धेरै मन पराएर कुरोलो सेवन गर्ने धेरैलाई यसका गुणका बारेमा थाहा नहुन सक्छ । कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्युट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।

३. एभोक्याडो
नास्पाती जस्तो देखिने फल एभोक्याडो स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरु प्रचुर मात्रामा पाइने गर्दछ । एकेडेमी अफ न्युट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ । यसका साथै एभोक्याडो र मधुमेह बिच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

४. सिमी
सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ । अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ ।

५. निलो बयर
निलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ । फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ ।

६. ब्रोकोलीमा बेटा
ब्रोकोलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

७. गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।

८. माछा
सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

९. लसुन
खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।

१०. प्याज
प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ ।

No comments:

Post a Comment

watch first and then search