watch first and then search

watch first and then search

Friday, November 11, 2016

'एक चीन नीतिमा काँग्रेस अडिग'






कार्तिक २६, २०७३- कांग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको जनाएको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण कांग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन ।'

सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै कांग्रेसले त्यसको निन्दा गरेको छ । सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन भारतको गोवा गएका थिए । कांग्रेसले नक्कली तस्बिरसहितका समाचार सम्प्रेषण गरेर सभापति देउवालाई बदनाम गर्ने कुत्सित उद्देश्यले दुष्प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेको छ ।


No comments:

Post a Comment

watch first and then search