watch first and then search

watch first and then search

Friday, November 11, 2016

पर्वत जिल्ला अस्पतालमा औषधिको अभाव, विरामी परे मर्कामा



जिल्ला अस्पताल पर्बतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निशुल्क वितरण गर्ने औषधिको पर्बतमा अभाव भएको हो । पर्बतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो जस्ता अति आवश्यक औषधिको समेत अभाव भएको जिल्ला अस्पताल पर्बतले जनाएको छ ।


जिल्ला अस्पताल पर्बतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सरोज दाहालले पर्बतमा हाल १७ किसिमका औषधि अस्पतालमा नरहेको जानकारी दिनुभयो । उहाँले भएका औषधि समेत पर्याप्त नरहेको बताउनुभयो । सरकारले ७० किसिमका औषधि निशुल्क वितरण गर्ने जनाए पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्बतले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत ५८ किसिमका र स्वास्थ्य चौकी मार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्बतमा दुई प्राथामिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ चौकी रहेका छन् । जिल्ला अस्पताल पर्बतमा हाल दममा प्रयोग हुने औषधि साईलब्युटामोल ४ एमजी, दुखाई कम गर्ने आईब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट २ सय ५० र ५ सय एमजी, बिषेशगरी बच्चालाई ज्वरो आउँदा खुवाउने झोल औषधिलगायतका औषधिको अभाब भएको डाक्टर सरोज दाहालले जानकारी दिनुभयो ।
त्यसै गरी आँखामा प्रयोग हुने झोल औषधि, एनटिभाईटिक औषधि र बिषेशगरी बिरामीको लागि बढी मात्रामा प्रयोग हुने स्लाइनको पनि अभाब रहेको अस्पतालले जनाएको छ । त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केहि मात्रै मौज्दात रहेको छ । भिटामिन बि कम्प्लेक्स, जीवन जल, जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ । डाक्टर दाहालका अनुसार मौज्दात नरहेपनि औषधिको हाहाकारको अवस्था भने नरहेको बताउनुभयो । उहाँले गत बर्ष टेण्डर आव्हान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको उहाले जानकारी दिनुभयो । यस बर्ष पनि टेण्डर आव्हान प्रक्रियामा गए पनि औषधि आउन अझै दुई हप्ता लाग्ने अस्पतालले बताएको छ । स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सर्वसाधरणले निशुल्क पाइने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएका छन् । यसअघि पनि पर्बतमा पटक–पटक औषधि अभाव हुँदै आएको छ ।

No comments:

Post a Comment

watch first and then search