watch first and then search

watch first and then search

Saturday, November 12, 2016

तिहार विदा सकिदा पनि विद्यालय बन्द, शिक्षक खोज्दै अभिभावक सदरमुकाम



ओखलढुंगा, कात्तिक २७– पर्व विदा सकिदा पनि ओखलढुंगाको जन्तरखानी ९ स्थित बन्दना सिंहदेवी प्राथमिक विद्यालय शिक्षक नआएपछि खुलेको छैन । विद्यालय कात्तिक २२ गतेदेखी खुल्ने भने पनि शिक्षक नआएपछि नखुलेको हो । विद्यालय नखुलेपछि पढ्न आएका विद्यार्थी दैनिक खेलेर फर्कने गरेको स्थानीय बासिन्दा ङिमा शेर्पाले बताउनुभयो । ‘भुकम्पले भत्काएको विद्यालय त बनायौ तर शिक्षक कहाँ गए, आएका छैनन्’ ओखलढुंगा सदरमुकाममा भेटिनुभएका ङिमा शेर्पाले भन्नुभयो । विद्यालय खुल्ने समय ५ दिन बिते पनि शिक्षकहरु नआएपछि आफूहरु शिक्षक खोज्दै सदरमुकाम आएको उहाँको भनाइ छ ।

सदरमुकामदेखि ८ कोषको दुरीमा रहेको उक्त विद्यालय नखुलेपछि अभिभावकहरु शिक्षक हराएको जानकारी गराउन जिल्ला शिक्षा कार्यालय पुगेका हुन् । विद्यालयमा तीन जनाको दरवन्दी भएपनि शिक्षक नहुँदा विद्यालय सुचारु हुन सकेको छैन । ‘जिल्लाका सवै विद्यालयहरु कार्तिक २२ गतेबाट सञ्चालन भएपनि यहाँको विद्यालय खुलेको छैन ।’ स्थानीय रामे तामाङले भन्नुभयो । विद्यालयमा कार्यरत शिक्षक इन्द्र मगर जन्तरखानीकै नवज्योति माविमा काज मिलाएर बस्नुभएको छ भने प्रअ समेत रहेका राजु बानियाँ अस्थायी भएकाले ‘विद्यालयलाई वास्त गर्न छाडेको’ स्थानीयको आरोप छ ।

शिक्षक नभएको विषयमा आफुले खोजी गरी विद्यालयमा पठाउने जिल्ला शिक्षा कार्यालयले जानकारी दिए पनि अझै विद्यालयमा शिक्षक नपुगेको अभिभावहरुको गुनासो छ ।

No comments:

Post a Comment

watch first and then search