नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
क्यान्सर पीडित पाण्डेको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गत वर्ष भारतमा उपचारका क्रममा पाण्डेलाई क्यान्सर भएको थाहा भएको थियो ।
र, उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको थियो । फोक्सोबाट फैलिएको क्यान्सर दिमागसम्म पुगेको चिकित्सकहरुले बताएका छन् । भारतबाट नेपाल फर्किएपछि पनि सांसद पाण्डे अस्पताल बस्ने र डिस्चार्ज हुने क्रम चलिरहेको थियो ।
पछिल्लो समय टिकाको दिन डिचार्ज भएका उनले गाह्रो भएपछि बुधबार विहान अस्पताल भर्ना भएका हुन् ।
बिहीबार नै प्रधानमन्त्री प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतले अस्पताल पुगेर पाण्डेको स्वास्थ्यउ अवस्थाबारे जानकारी लिएका छन् ।
- See more at: http://paschimnews.com/archives/15578#sthash.crEcJUgs.dpuf
No comments:
Post a Comment