watch first and then search

watch first and then search

Thursday, November 3, 2016

मन्त्री गिरीद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण



सङ्खुवासभा । सिँचाइ मन्त्री दीपक गिरीले मादी नगरपालिका–४ मा आज आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री गिरीले अग्निपीडित परिवारलाई पुनर्वासको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिनुभयो । गएको सोमबार उक्त ठाउँमा आगलागी भई स्थानीयवासी नरेन्द्र गुरुङ, भुवन जिमी, गोपाल जिमी, सुरेश जिमी, बलबहादुर जिमी, रामबहादुर जिमी र मोहनमणि दाहालको घर जलेको थियो । आगलागीबाट पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गौतम कुमार केसीले बताउनुभयो

अग्निपीडित परिवारलाई बुधबार सांसद दीपक खड्काले जनही रु १५ हजारका दरले सहयोग उपलब्ध गराउनुभएको थियो । आजै, मन्त्री गिरीले सदरमुकाम खाँदबारीमा नेपाली काँग्रे्रसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट समेत गर्नुभयो । भेटघाटका क्रममा उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजाने वचनबद्धता प्रकट गर्नुभएको थियो । सरकार २०७४ सालभित्र तीनै तहको निर्वाचन सम्पन्न जुटिरहेको बताउँदै उहाँले सबै पार्टी कार्यकर्तालाई चुनावका लागि तयार रहन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

watch first and then search