watch first and then search

watch first and then search

Thursday, November 3, 2016

चुम्लुङ जापानको एकता घोषणासँगै वलिहाङ तङ्नाम सम्पन्न



जापानको टोकियो,सिन-ओकुबो स्थित बारकाडे नेपाली रेष्टुरेन्टमा 2016,October,30 तारिख आईतबार ,देबि बहादुर इङ्नामको नेत्रृत्वमा किरात याक्थुङ चुम्लुङ,जापानको एकता घोषणासँगै वलिहाङ तङ्नाम गरी दुई चरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।







पहिलो चरणको वलिहाङ तङ्नाम शुभकामना आदान-प्रदान, कार्यक्रम संयोजक रिद्दि बहादुर तुम्बाहाम्फेको संयोजकत्वमा,चुम्लुङ सचिब लक्ष्मिहाङ आङबोले सन्चालन गरेका थिए भने दोस्रो चरणको औपचारिक एकता घोषणा कार्यक्रम भने, 2016,October,23th मा एकता सम्पन्न भेलाका संयोजक भगिश्वर इङ्नामको संयोजकत्वमा 2016,October,30th मा औपचारिक कार्यक्रम गरी,देबि बहादुर इङ्नामको नेत्रृत्वमा एकता घोषणा गर्दै,तेस्रो अधिबेशनसम्म निरन्तरता गरेर जाने र अधिबेशन संयोजक रिद्दि बहादुर तुम्बाहाम्फे रहने घोषणा गर्यो।



महासचिबमा क्रम:श चन्द्र कुमार जबेगु,भेषराज चेम्जोङ रहने र अन्य पदाधिकारी तथा सदस्य लगायत सल्लाहकारहरू दुबै पक्षका यथावत आ-आफ्नै जिम्मेवारीमा रहने महासचिब चन्द्र कुमार जबेगुले जानकारी गराएका थिए। घोषणा कार्यक्रममा लालधोज मादेम्बाले स्वागत मन्तब्य गरेका थिए। शुभकामना मन्तब्यको क्रममा सल्लाहकार योगेश ईधिङ्गो,मुक्साम लावती,लिम्बू बिद्यार्थी मन्च जापानका अध्यक्ष दुर्गा नेम्बाङ,पूर्बि नेपाल बिकास सहकार्य केन्द्र जापान,ताप्लेजुङका संयोजक कुमार कार्कि,नेपाल जापान डट कमका सम्पादक आनन्द कोईरालाले किरात याक्थुङ चुम्लुङ,जापानको एकता सँगसँगै वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गरेका थिए।

चुम्लुङ जापानले,जापानमा रहेका सबै लिम्बूहरूलाई एकताबद्द गर्दै, लिम्बू भाषा,धर्म,संस्क्रृति,पहिचानको संरक्षण,संबर्द्दन गर्नमा एकजुट भएर अघि बड्नु एकतानै बल हुने भएको उद्रृत गर्दै,उच्च मनोबलका साथ लागिपर्न सुझाब दिनुहुँदै,प्रमुख अथिती सुमन लिम्बूले धन्यबाद र शुभकामना ब्यक्त गरेका थिए।संस्था एकताले सम्पूर्ण परिवारहरूमा खुशि र उत्साह छाएको महशुष गर्दै,आफ्नो पनी खुशिको ऐतिहासिक दिन भएको अनुभुती ब्यक्त गर्दै,अधिबेशन संयोजक रिद्दि बहादुर तुम्बाहाम्फेले खुशी बाड्दै धन्यबाद दिएका थिए।

2016,October,30th, चुम्लुङ,जापानकै ऐतिहाँसिक एकता दिवस र किराँतीहरूको महान पर्बहरू मध्येको दोस्रो चाडको रूपमा मनाईने वलिहाङ तङ्नामको संयोगले पनी उतिक्कै महत्वपूर्ण रहेकोले,भबिष्यका दिनहरूमा बलिहाङको बिजय उत्सबको आशिर्बाद चुम्लुङ,जापानलाई लागेकोले हामी एक ठाउँमा आउन सफल भएको अध्यक्ष देबि बहादुर इङ्नामले बताउँदै, संस्थालाई यहाँसम्म डोर्याएर साथमा सहयोग गर्दै एकताको अथक प्रयास पछिको परिणामसम्म निरन्तर खटिरहनुहुने भबिन लावती,उज्वल थेबे,भेषराज चेम्जोङ,देबेन्द्र लावती,लालधोज मादेम्बा,सुदीप पालुङ्वा,रिना तिगेला,पदम चेन्जी माबो,लगायत सम्पूर्ण सल्लाहकार, कार्यसमिती महानुभबहरूको सामुहिक प्रयासबाट संस्थालाई एक ढिक्का बनाएर लाने अवसर बन्न/बनाउनमा अतुलनिय भूमिका रहेकोले एकताको श्रेय कर्ता पनी तपाईहरू नै हुने भएकोले धेरै-धेरै धन्यबाद दिदै,अथिती लगायत सम्पूर्ण महानुभबहरूलाई वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रम सन्चालक महासचिब भेषराज चेम्जोङले संस्था एकताको अर्थ र मर्मले सबैको परिभाषा प्रकास पार्ने भएकोले,हामी सबैले मनन गर्दै,सामाजीक सद्भाबको बिचार र भावनाले ऐक्यबद्दता अपनत्व गर्दै,सही गन्तब्यको ड्राईभ हुने बिश्वास गर्दै,अबका दिनहरूमा केही प्रृथक उच्च मनोबलका साथ अघि बड्न प्रेरित गरेका थिए।तेस्रो अधिबेशन भने,2017 को जनवरी भित्रमा हुने, तर अधिबेशन मिती भने कार्यसमितीको बैठकले तय गर्ने भेषराज चेम्जोङले उद्घोष गरेका थिए।

कार्यक्रममा देबेन्द्र लावती र लालधोज मादेम्बाले बेजोड मनोरन्जनात्मक प्रस्तुतीहरू देखाएका थिए। लालधोज मादेम्बाले राजनैतिककर्मिहरूको क्यारीकेचर गरेर मन्त्रमुग्ध बनाएका थिए भने, देबेन्द्र लावतीले तिब्र केलाङको तालमा लारिङ्गेक,नाम्लिङ्गेकको लिम्बू संस्कार मुन्धुम अनुसार माहुलको उत्साहनै रोमान्चक बनाएको थिए।यसरी लारिङ्गेक,नाम्लिङ्गेक खेलेपछि,स्वैच्छिकरूपमा नाङलोमा बिभिन्न परिकार सेलरोटी,दियो कलासको दक्षिणा राखिसकेपछि लिम्बू मुन्धुम अनुसार मुक्साम लावतीले आशिर्बाद दिदै बिट मारेका थिए।लिम्बू जातीको संस्कार धाननाच लिम्बू पहिरनमा सजिएका ठुलो समूहको गोलो घेरामा पालाम भन्दै नाचेको प्रस्तुती निक्कै नै मार्मिक थियो।

पालाममा भने योगेश ईधिङ्गोलाई सहकर्मि देबेन्द्र,लालधोज लगायत समूहले साथ दिएका थिए। किरात याक्थुङ चुम्लुङ,जापानको एकता घोषणा तथा वलिहाङ तङ्नामको औपचारिक कार्यक्रममा उत्साहपूर्ण सहभागी भई सम्पन्न गर्न सहयोग गर्नुहुने अथिती लगायत सम्पूर्ण महानुभबहरूलाई बिशेष धन्यबाद र वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गर्दै, संयोजक भगिश्वर ईङ्नामले समापन गरेका थिए।

No comments:

Post a Comment

watch first and then search