watch first and then search

watch first and then search

Thursday, November 3, 2016

सुर्खेतमा बस दुर्घटनाः ३१ जना घाइते (नाम र ठेगानासहित)




कार्तिक, १८ सुर्खेत ।

सुर्खेतमा दुईवटा यात्रुबहाक बस एक आपसमा जुध्दा ३१ जना यात्रु घाइते भएका छन् । रत्नराजमार्ग अन्तरर्गत सुर्खेत कोहलपुर सडक खण्डको सानो विउरेनीमा आज बिहीबार दिउसो तीन बजे बस दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी १३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य १८ जना सामान्य घाइते रहेका छन् । बिहीबार दिउसो सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २९८ नम्बरको बस र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ४ ख ६५४१ नम्बरको बस ठोक्किएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनाम परी घाइते भएकाहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ र स्थानीय दुईवटा नर्सिङहोम उपचार भइरहेको छ । क्षेत्रीय अस्पतालमा १८ जना समान्य घाइतेहरुको उपचार भइरहेको छ भने, गम्भीर प्रकृतिका ८ जनाको माया नर्सिङहोम र देउती नर्सिङहोममा २ जनाको उपचार भइरहेको छ ।

गम्भीर घाइतेमध्येका तीनजनालाई थप उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको छ । देउती नर्सिङहोममा उपचार गराइरहेका दैलेख बाँसगडी का १८ वर्षिय इन्द्रबहादुर अधिकारी, वीनपा १८ सुर्खेत कि १५ वर्षिया पवित्रा शाही र नन्दा शाहीलाई थप उपचारको लागि रेफर गरिएको हो ।

गम्भीर घाइते हुनेहरुमध्ये दैलख बाँसगडीका १८ वर्षिया मनिसा आचार्य, २१ वर्षिय कविन्द्रसिंह ठकुरी, सुर्खेत लेखपराजुल २ का २७ वर्षिय सन्दीपकुमार रेग्मी, लेखपराजुल १ का २१ वर्षिय हरी विसी, बाँके नेपालगन्ज उप–महानगरपालिका २६ का ३१ वर्षिय भिमबहादुर थापा, वीनपा १८ का ३६ वर्षिय लक्ष्मी देवकोटा, वीनपा ५ बस्ने ६० वर्षका नरबहादुर राम्जालीमगर, बर्दिया बानियाभार ६ का २२ वर्षिय रामकुमार थारु, २० वर्षिया सकुन्तला चौधरी र वीनपा १८ का ३३ वर्षिय जीतबहादुर विसी रहेका छन् ।

सामान्य घाइतेहरुमा राधा सुनार, सुशिला खड्का, टिकाराम खड्का, गौरी शाही, लोकन्द्र विसी, भिमबहादुर विसी, भक्तबहादुर खड्का, नानकुमारी खड्का, जयराम खड्का, सावित्री खड्का, तुल्सी गौतम, भिमबहादुर रावल, निरु परियार, नफिस आलम, मानसिंह खत्री र दयाराम खत्री रहेका छन् । उनीहरुको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

ना ५ ख २९८ नम्बरका चालक भिमबहादुर थापाका अनुसार आफ्नो गाडीको ब्रेक फेल भएको र मोडमा उताबाट आएको गाडिले हर्न नबजाएकोले दुर्घटना भएको बताउनुभयो ।

ना ४ ख ६५४१ नम्बरको गाडिका चालक भने फरार रहेका छन् । प्रहरीका अनुसार मोड भएको ठाउँमा चालकले लापरबाहीपूर्ण तरिकाले तिव्र गतिमा गाडि चलाएको र दुवैले हर्न नबजाएकोले नै दुर्घटना भएको हुनसक्ने जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search