watch first and then search

watch first and then search

Thursday, November 3, 2016

किशोरी बलात्कारको अभियोगमा गुरुङविरुद्ध मुद्दा दर्ता



गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । पाँच दिनअघि साँझपख घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरी मुख थुनेर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जङ्गलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे थियो ।

No comments:

Post a Comment

watch first and then search