watch first and then search

watch first and then search

Thursday, November 3, 2016

मेची–महाकाली ज्योतिर्लिङ्ग यात्रा


काठमाडौँ, कात्तिक । मुलुकमा शान्ति तथा स्थायित्व कायम गर्ने उद्देश्यले शिव सेना नेपालले मेची–महाकाली ज्योतिर्लिङ्ग यात्रा गर्ने भएको छ ।


यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ज्योतिर्लिङ्ग यात्रा समितिका संयोजक अरुण सुवेदीले आदि तथा अनादिकालदेखि नेपालमा सनातन वैदिक परम्पराको अभ्यास तथा पहिचानलाई कायम गर्न सकेमा मुलुकमा शान्ति तथा स्थायित्व कायम हुने बताउनुभयो ।

उहाँले यही कातिक २१ देखि पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा सुरु गर्न लागिएको जानकारी दिँदै सम्पूर्ण नेपालीकाबीच सामाजिक सद्भाव तथा कल्याणका सन्देश प्रचार गर्न सो यात्रा महत्वपूर्ण हुने बताउनुभयो ।

अभियान पहिलो चरणमा पहाडका करिब ४० जिल्लामा धर्म जोगाउन, हिन्दू राष्ट्र संरक्षणका लागि प्रचार गरिने र त्यसपछि बाँकी जिल्लामा सो अभियान सुरु गरिनेछ । सो यात्राअन्तर्गत हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक ग्रन्थ गीताको प्रचार तथा सो ग्रन्थ वितरण गरी हिन्दू दर्शनको ज्ञानकाबारेमा प्रवचनसमेत गरिने छ ।

No comments:

Post a Comment

watch first and then search