watch first and then search

watch first and then search

Thursday, November 3, 2016

पाँचथर र धनकुटाको सीमानामा रहेको बुधबारेका स्थानीय मर्कामा



कविन्द्र शेर्मा , पाँचथर । पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारे पाँचथर सदरमुकाम फिदिमदेखि २० कोष टाढा छ । जिल्लाको सीमावर्ती गाविस दूरदिम्बा वडा नम्बर १ र धनकुटा जिल्लाको वडा नम्बर ६ मा अवस्थित बुधवारेका स्थानीय अहिले सम्वन्धित जिल्लाका राजनीतिक दल र सरकारी कार्यालयको वेवास्ताका कारण विभिन्न सेवा लिनबाट बञ्चित भएका छन् ।

पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारेमा जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी चौकी त राखेको छ तर चौकीले धनकुटाका नागरिकको मात्रै शान्ति सुरक्षामा मात्र ध्यान दिने गरेको पाँचथरवासीको गुनासो छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले त्यस गाविसमा प्रहरी चौकी नराख्दा त्यस क्षेत्रका स्थानीय ६ घण्टाको पैदल दूरीमा रहेको लिम्बा गाविसमा अवस्थित खान्द्रोङ प्रहरी चौकी धाउन वाध्य छन् । पाँचथरबासीको तर्फबाट पटक पटक प्रहरी चौकी माग गर्दा पनि गृह मन्त्रालयले कुनै वास्ता नगरेको स्थानीय गणेश वाजी वताउनुहुन्छ ।

धनकुटाको नेपाली सेना पनि पाँचथरको जग्गामा बसेर धनकुटाबासीको सेवामा तल्लीन छ । यस ठाउँका स्थानीयले घर जग्गा खरिद विक्री गरी जग्गा रजिष्ट्रेशन गर्नुप¥यो भने दुवै जिल्ला मालपोत कार्यालय धाउनुपर्ने वाध्यता छ । आधा जग्गा पाँचथर र आधा धनकुटामा पर्ने हुँदा दुवै मालपोत कार्यालयमा गएर जग्गा पास गर्नुपर्ने उनीहरुको गुनासो छ । ऐतिहासिक र पर्यटकीय स्थलहरु समेत रहेको ६ नम्बर बुधबारेलाई एकले अर्को जिल्लाको मुख ताकेर वस्ने गर्दा आफूहरु मर्कामा परेको स्थानीय हेमकर्ण तुम्साले बताउँनुभयो ।

यस क्षेत्रमा सडक पुगे पनि स्तरोन्नति नहुँदा बर्खाको समयमा प्राय बन्द नै हुने गर्दछ । यस क्षेत्रका स्थानीय सदरमुकाम फिदिम आउनुपर्दा मोरङको लेटाङ हुँदै उर्लाबारी, त्यसपछि झापा, इलाम हुँदै आउनुपर्ने समस्या छ । राँके रवि हुँदै ६ नम्बर बुधबारेको सडकको कालोपत्रे चाडो भइदिए आफूहरुलाई सहज हुने स्थानीय कर्ण लिम्वूको भनाई छ ।

दुई जिल्लाको साँधका रुपमा रहेका बुधवारेका स्थानीयहरु सरोकारवाला निकायको बेवास्ताका कारण वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । तर यसबारेमा पटक पटक गुनासो राख्दा पनि कतैबाट सुनुवाई नभएपछि उनीहरु थप चिन्तामा छन् ।

No comments:

Post a Comment

watch first and then search