watch first and then search

watch first and then search

Thursday, November 3, 2016

यात्रुवाहक बस र जीप जुध्दा एकको मुत्यु


दुर्घटनापछि क्षतिग्रस्त भएको यात्रुवाहक बस र जीप ।तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर




कार्तिक १८, २०७३- धरानको तीनकुने नजिकै कोशी राजमार्गमा बिहीबार मध्यान्ह भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धरानबाट इटहरी तर्फ गइरहेको को१च ८७७३ नम्बरको स्कर्पियो जीप र इटहरीबाट धरानतर्फ आइरहेको मे१ख ९७४ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोकिदा स्कर्पियो चालकको मृत्यु भएको हो । बसचालक मोरङको सुन्दर दुलारी बस्ने ४५ वर्षीय कालुराम चौधरीको खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

राजमार्गमा बस र स्कर्पियो दुर्घट्ना भएपछि करिव दुई घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले जेभिसी प्रयोग गरेर जीप र बस सडकबाट हटाएर सडक सुचारु गरेका थिए ।

बसमा सवार मध्ये १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुनसरीको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्कर्पियो चालक बराहक्षेत्र–६ बस्ने ३६ वर्षीय बाबुराम तामाङको मृत्यु भएको हो ।

घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकषिक कक्षमा उपचार भइरहेको छ ।

घट्नास्थलमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकास श्रीमलका अनुसार विराटनगरबाट धरान आउँदै गरेको यात्रुवाहक बसले अनटेस्टमा रहेको नयाँ टेम्पोलाई ओभरटेक गर्दा बस अनियन्त्रित भइ आफ्नै साइडमा गइरहेको स्क्रोपियोमा ठोकिन पुगेको र टेम्पोलाई समेत ठक्कर दिएको हो । टेम्पो चालक मोरङको बेलबारी बस्ने तोयानाथ दाहालको अवास्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट जीप र यात्रुवाहक बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । टेम्पो भने सडकदेखि करिब पाँच मिटर पर हुत्तिएको थियो ।

प्रहरी निरिक्षक श्रीमलले भने, ‘दुर्घटनास्थल हेर्दा बस चालकको लापरवाही जस्तो देखिएको छ । तिव्रगतिमा आएको यात्रुबाहक बससँग आफ्नै साइडमा भएपनि बसभन्दा तिव्रगतिमा रहको जीप ठोकिएर दुर्घटना भएको जस्तो देखिएको छ । थप अनुसन्धान हुन बाँकी नै छ ।’

No comments:

Post a Comment

watch first and then search