साउदी अरबका एक राजकुमारलाई कोर्रा हानी सजाय दिइएको छ। साउदी अरेबियाको सत्तासीन अल साउद परिवारका एक राजकुमारलाई जेलभित्रै कोर्रा दिइएको हो।
अदालतको फैसलाअनुसार उनलाई सो सजाय दिइएको साउदी समाचारपत्र ओकाज दैनिकले जनाएको छ। यसअघि हत्या अभियोगमा अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो।
राजकुमारलाई लागेको अभियोगबारे सो पत्रिकाले विस्तृत रुपमा खुलासा गरेको छैन। तर, ती राजकुमारलाई यसअघि नै कैद सजायको फैसला गरिएको पत्रिकाले उल्लेख गरेको छ।
राजकुमारलाई एउटा प्रहरीले सोमबार कोर्रा हानेको पत्रिकाले जनाएको छ। कोर्रा हान्नुअघि उनको शारीरिक र मानसिक परीक्षणसमेत गरिएको सो पत्रिकाले जनाएको छ।
यस विषयमा साउदी सरकारका न्यायमन्त्रीले भने टिप्पणी गर्न अस्वीकार गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
No comments:
Post a Comment