स्यालको आक्रमणबाट ज्यान गुमाएका गरुडा नगरपालिका ३ स्थित महमदपुरका शिक्षक बसन्त यादवलाई शहिद घोषणा र घाइते अरु डेढ दर्जनलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार तीन घण्टा चक्काजाम गरिएको छ ।
पीडितका आफन्तले स्यालको टोकाईबाट गम्भीर घाइते ५५ वर्षीय मगरु भन्ने रामफल महतोलाई टायरगाडासहित गरुडाको मुख्य बाटोमा राखेर बिहान ९ बजे देखि १२ बजेसम्म चक्काजाम गरेका थिए ।
पीडितपक्ष र स्थानीय प्रशासन बिच मृतकलाई सहिद घोषणा गर्नेबाहेक घाईते सबै १८ जनालाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछी चक्काजाम खुलाइएको थियो ।
बैठकमा सहभागी एसपी गणेश रेग्मीका अनुसार स्यालको आक्रमणबाट शिक्षक बसन्त यादवको मृत्यु हुनुका साथै अर्का घाईते रामफलको अवस्था नाजुक भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।
मानविय संवेदनालाई दृस्टीगत गर्दै घाईतेसबै १८ जनालाई सरकारी खर्चमा काठमाडौ पठाई उपचारको ब्यवस्था मिलाईएको रेग्मीले बताए ।
असोजको दोस्रो साता स्यालको आक्रमणबाट गरुडा नगरपालिका र अन्य केही ठाँउमा गरी २५ जना घाईते भएका थिए ।
No comments:
Post a Comment