धरान, १८ कार्तिक : धरानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धरान ८ तीनकुनेदेखि तल सेउती खोलापुलमाथि आज मध्यान्ह १२ बजेको समयमा भएको यात्रुवाहक बस र स्र्कापियो एक आपसमा ठोकिदा स्र्कापियो चालक
बराहक्षेत्र गाविस वडा नं. ६ का ३६ बर्षीय बाबुराम तामाङको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
धरानबाट सुनसरीको महेन्द्रनगरतर्फ जादै गरेको को १ च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्र्कापियो र विपरीत दिशाबाट आउदै गरेको मे १ ख ९७४ नम्बरको धरान विराटनगर चल्ने यात्रुवाहक बस एक आपसमा ठोकिदा स्र्कापियाका चालक तामाङको मृत्यु भएको हो भने टेम्पोचालक सहित बसमा यात्रा गर्ने १९ जना घाइते भएका हुन् ।
घाइतेमध्ये टेम्पोचालक बेलबारी मोरङका तोयानाथ दाहाल गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकषिक कक्षमा उपचार भइरहेको छ । विराटनगरबाट धरान आउदै गरको यात्रुवाहक बसले नम्बर नभएको नया टेम्पोलाई ओभरटयाक गर्दा बस अनियन्बित भई स्काईयोमा ठोकिन पुगेको र टेम्पोलाई समेत ठक्कर दिएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
ठक्करबाट दुवै यात्रुवाहक सवारी साधनको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ भने टेम्पो भने सडकदेखि करिब १ मिटर तल झरेको छ । दुर्घटना बसरको लापारबाहीका कारण भएको ट्राफिक प्रहरीको भनाई छ ।
No comments:
Post a Comment