watch first and then search

watch first and then search

Friday, November 4, 2016

प्रधानमन्त्री दाहालले र एमाले अध्यक्ष ओली विच भेट वार्ता



काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग आज भएको भेटवार्तामा नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा आज भएको सो भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दल एक ठाउँ उभिनुपर्ने प्रस्ताव राख्नाका साथै संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुवै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा सकारात्मक ढङ्गले छलफल भएको बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search